|

आर्थिक समृद्धिको कार्यक्रमको तयारीमै छौं: प्रम भट्टराई



प्रधानमन्त्रीलाई पाल्पामा कालो झण्डा
मुक्तिप्रसाद न्यौपाने,माघ ११, पाल्पा प्रधानमन्त्री डा.बावुराम भट्टराईलेसरकारका कारणले पेट्रोलियम पर्दाथको मुल्यवृद्धि नभएको स्पष्ट पार्दै अन्तर राष्ट्रिय कारणले मुल्यवृद्धि भएको बताउादै आपुर्ति बढाएर जनतालाई सरकारले तत्कालै समग्र आर्थिक सम्वृद्धीको कार्यक्रम घोषण गर्न लागेको बताएकाछन् ।

नेपाल पत्रकार महांसघं पाल्पाले मंगलबार तानसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रधानमन्त्री भट्टराईले भने, मुल्यवृद्धि रोक्नका लागि अनियमीत ढङ्गले कालोबजारी गर्नेलाई सरकारले अनुसाशनात्मक कारवाहीको प्रक्रिया अगाडि बढाएको छ । अनियमितता र चुहावटलाई रोक्न निर्देशन दिईसकेको बताउदै नेपाल आयल निगमलाई सरकारले मासिक रुपमा १ अर्व ७५ करोड रुपैयाा अनुदान दिादै आएको जनकारी गराए । सरकारले पेट्रोलियम पदार्थमा दिदै आएको अनुदानको रकम अन्य शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा लगानी गर्नका लागि दिदै आएको परल मुल्यमा मात्र वृद्धि गरेको हो प्रधानमन्त्रीको भनाई छ ।

भट्राईले आफू नेतृत्वको सरकारले नै नयाा संविधान लेख्न र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुऱ्याउने दावी गर्दै यही सरकारलाई राष्ट्रिय सरकार बनाउने विषयमा प्रमुख दलहरु सगं छलफल जारी रहेको जानकारी दिए । एमाले र कांग्रेस सगं बुधबार विहान छलफलको तयारी भईरहेको र सवै सहमतिमा आउने प्रधानमन्त्रीको भनाई छ ।

डा. भट्राई र मोहन बैद्यसागै पाल्पा आएका माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तपाईहरु मिल्नुभयो कि नाटक मात्रै गरेको भन्ने पत्रकारको प्रश्नमा प्रचण्डले आफुहरु पार्टीको प्रशिक्षणमा मिलेर आएको बताए ।

पत्रकार सम्मेलनमा उपाध्यक्ष बैद्य पनि सहभागि भए पनि उनले केहि प्रतिक्रिया भने दिएनन् । मगरात र तमुवान राज्य स्तरीय अगुवा कार्यकर्ताहरुको प्रशिक्षण कार्यक्रममा सहभागि हुन प्रधानमन्त्री भट्टराई, माओवादी अध्यक्ष प्रचण्ड, उपाध्यक्ष मोहन बैद्य किरण, स्थानीय विकास मन्त्री टोप बहादुर रायमाझी लगायतका नेताहरु एक साथ पाल्पा आएका थिए । हेलिकप्टर मार्फत पाल्पा आएका प्रचण्ड, भट्टराई झण्डै ४ घण्टा पछि मंगलबार नै काठमाण्डौ फर्किएका छन् ।

माओवादीका शीर्ष नेताहरुसागै पाल्पा आइपुग्नुभएको प्रधानमन्त्री भट्राईलाई पाल्पामा क्रियाशिल तीन विद्यार्थी संगठनहरुले आर्थिक समृद्धिको कुरा गर्ने कहिले मुस्ताङ्ग जीप चढेर प्रिय बन्न खोज्ने अनि हेलिकप्टर चढेर घुम्ने व्यङ्ग गर्दै, मूल्यवृद्धिको विरोधमा पाल्पा बन्द गर्नुका साथै प्रधानमन्त्रीलाई कालो झण्डा समेत देखाएका थिए ।

Posted by Butwalonline on 5:20 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आर्थिक समृद्धिको कार्यक्रमको तयारीमै छौं: प्रम भट्टराई"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु