|

राजधानीमा बन्दको प्रभाव न्यून

काठमाडौ, पुस २१ - राष्ट्रसंघीय मिसनको प्रमाणिकरणका बेला बहिर्गमनमा परेका पूर्व लडाकुले आह्वान गरेको बन्दको राजधानीमा न्यून मात्रमा प्रभाव देखिएको छ । राजमार्गहरुमा बिहानै केही तोडफोड गरेकाले सवारी चलेपनि राजधानीमा खासै प्रभाव देखिएको छैन ।

राजधानीका सडकमा अन्य दिनभन्दा केही कम सवारी देखिएपनि निर्वाद रुपमा गुडी रहेको छ । भाडाका बस, ट्याक्सी था माइक्रो चलिरहेको छ । निजी सवारीहरु कार तथा मोटरसाइकलहरु पनि चलिरहेको छ ।

राजधानीमा बढ्दै गएको चिसो र बन्दको हल्लाले सडकमा सवारी कम देखिएको छ भने जाडो विदामासमेत पढाइभइरहेको शैक्षिक संस्थाहरुमा पढाइ भएन ।

बहिर्गमनमा परेका लडाकुहरुले उचित पुनस्थापनाको माग गर्दै गरिरहेको आन्दोनका क्रममा शुक्रबार नेपाल बन्द आह्वान गरेको हो ।
                                                                                                                                             स्रोत :कांतिपुर 

Posted by Butwalonline on 3:58 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "राजधानीमा बन्दको प्रभाव न्यून"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु