|

पाल्पामा पनि पर्यटन गाईड

मुक्तिप्रसाद न्यौपाने
पुस २१, पाल्पा
पाल्पामा पहिलो पटक पर्यटन गाईड तालिम पुस २२ देखी सञ्चालन हुन लागेको छ ।
आर्यन्स एजुकेशनल कन्सल्टेसी पाल्पा र पर्यटन विकास केन्द्र पाल्पाको संयुक्त आयोजनमा पर्यटक गाइड तालिम सञ्चालन हुन लागेको हो ।
पाल्पामा पर्यटनको प्रशस्त सम्भावना रहेको र त्यसलाई उजागर गर्नेतर्फ कोही अग्रसर नभएकाले आफूहरुले तालिमको आयोजना गरेको तालिम आयोजक टोलीका राजिव शाहले बताए । पाल्पामा आउने आन्तरिक तथा बाह््य पर्यटकले पाल्पामा के कस्तो विशेषता र कस्ता ठाउँहरुको अवलोकन गर्न सकिन्छ भन्ने बारेमा पनि प्रशिक्षार्थीले ज्ञान पाउने आयोजकले बताए । पर्यटन विकास केन्द्र पाल्पाका सचिव किरण कौशल भन्छन् पाल्पामा पहिलो पटक हुन लागेको यो तालिमबाट पाल्पाको पर्यटन उद्योगलाई मात्र नभएर समग्र पर्यटनलाईनै टेवा पुग्नेछ । नेपालमा पर्यटन उद्योग फस्टाउन सकेमा देशको दिगो विकास हुने उनको धारणा छ ।
एक हप्तासम्म सञ्चालन हुने तालिममा पाँच दिनसम्म सैद्धान्तिक कक्षा र दुई दिन स्थलगत अवलोकन तथा अध्ययन गरिनेछ । तालिमको विषय विशषज्ञले सहजीकरण गर्ने बताइएको छ । सीमित सङ्ख्यामा बीस जनालाई प्रदान गरिने तालिममा उत्कृष्ट पाँच जनालाई रोजगारको व्यवस्था रहेको आयोजकले बताए ।
पाल्पा करुवा र ढाकामा ख्याती कमाएको जिल्ला मानिन्छ । तालिमका लागि पोखरा तालिम केन्द्रले प्राविधिक सहयोग प्रदान गरेको छ ।

Posted by Journalist Mukti on 4:39 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पाल्पामा पनि पर्यटन गाईड"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु