|

नेपाली जनसम्पर्क समिति युएईको पहलमा एक नेपालीलाई ४५ लाख क्षतिपुर्ती उपलब्ध

भुपराज बस्याल,युएई,पुस १९-नेपाली जनसंपर्क समिति युएईले आफ्नो स्थापना कालदेखि नै युएईमा हुने कुनै पनि नेपाली नाग्रिकलाई आपदबिपद र कुनै किसिमको समस्या आउछ भने त्यस समयमा सधैंब सहयोग र सदभाब राख्दै  आएकको छ | यसै क्रममा खोटाङ जिल्ला दुर्दिम गाबिस-४ बस्ने रेडीपोस्ट राइ युएई स्थित अबुधाबी अन्तरगत डोर्सेल ईन्जिनियरिङ्ग एन्ड कन्स्ट्रुकसन कम्पनीमा स्काफ फोल्डरको रुपमा काम गर्दै आईरहेका थिए |कामको सिलसिलामा मिति जुलाई ११ २००९ मा मोटर एक्सिडेन्टमा परी गम्भिर घाइते हुन गई हस्पिटलमा आ।सी यु सघन कक्षमा उपचार गराइको र घाइते राइको अवस्थामा कुनै किसिमको उपचारमा सुधार हुन नसके पछि कम्पनीलाई अनुरोध गरे पछि निज राइकी श्रीमती सरिता राइलाई नेपालबाट युएईमा भिसा मिलाई घाइते राइलाई नेपाल पुराउनको लागि श्रीमती सहित नेपाली जनसंपर्क समिति अबुधाबिका क्षेत्रिय सभापति क्रिशन गौतम नेपाल जानु भएको थियो |घाइते राइको नेपाल लगेको ९ महिनामा नै मृत्‍यु भएको र यो सबै किसिमको क्षतीपुर्ती दिलाउन र कम्पनीलाई अनुरोध गरेर मृतक  राइलाई कम्पनी मार्फत नेपाली ४५ लाख क्षतीपुर्ती दिलाएको थियो|यसको सम्पूर्ण प्रकृया र पहल श्री गौतमले गर्नु भएको थियो |यस बाट पीडित परिवारलाई ठुलो राहत हुनुको साथै मिर्तक राइकी श्रीमती सरिता राइ बाट नेपाली जनसंपर्क समिति युएईलाई धेरै धेरै धन्यवाद दिनु भएको छ|आगामी दिन हरुमा पनि समितिले यस्तै नेपालीको हकहितको लागि काम गर्दै जाओस भन्ने प्रेरेणा समेत प्रदान गर्नु भएको छ |

आगामी दिन हरुमा पनि यस्तै सामाजिक काम गर्दै जाने र संपर्क समितिलाई नेपाली नाग्रिकको एक सहयोगी सस्थाको रुपमा अघि बढाएर लैजाने प्रतिबद्द्ता प्रकट गर्नु हुन्छ युएई नेपाली जनसंपर्क समितिका सभापति चित्र बहादुर केसी |हामी प्रबासमा बस्ने सबै नेपाली हरु एक अर्का नेपालीको सुख दु:खमा साथ दिदै अगाडि बढ्न सकेमा मात्र सबै सुखी रहेने कुरोको उल्लेख गर्नु भयो  |

Posted by Butwalonline on 9:44 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नेपाली जनसम्पर्क समिति युएईको पहलमा एक नेपालीलाई ४५ लाख क्षतिपुर्ती उपलब्ध"

Leave a reply

ताजा अपडेट

सर्वाधिक लोकप्रिय

तपाईंका प्रतिक्रियाहरु