|

लुम्बिनी भ्रमण बर्ष आजदेखि सुरु

१७ पुस, काठमाण्डौ । नेपाल सरकारले मुलुकको पर्यटन र आर्थिक बिकाशलाई प्रर्बद्धन गर्नेगरि घोषणा गरेका दुईवटा महत्वकांक्षी बाषिर्क कार्यक्रम आजदेखि सुरु हुँदैछन् ।

सन् २०११ को नेपाल भ्रमण बर्ष सकिएलगत्तै लुम्बिनीलाई अन्तराष्ट्रियरुपमा चिनाउने र लुम्बिनीको बिकाशलाई सहयोग जुटाउने हेतुले सरकारले सन् २०१२ लाई लुम्बिनी भ्रमण बर्ष घोषणा गरेको छ । सरकारले लुम्बिनीको बिकाशका लागि सहयोग जुटाउन माओवादी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डको संयोजकत्वमा बृहत लुम्बिनी बिकाश राष्ट्रिय निर्देशक समितिसमेत गठन गरेको छ ।

संस्कृतिमन्त्रीको अध्यक्षतामा गठन गरिएको लुम्बिनी भ्रमण बर्ष मुल आयोजक समितिले लुम्बिनीमा बौद्धमार्गी पर्यटकहरु भित्राउन बलिउड र हलिउड सेलिब्रीटीको समेत प्रयोग गर्ने योजना बनाएको छ ।

सन् २०११ लाई नेपाल भ्रमण बर्ष मनाएको नेपालले घोषित दश लाख पर्यटक भित्राउन नसकेपनि नेपाल सुरक्षित रहेको सन्देश दिन सफल रहेको निजी क्षेत्रको मूल्याङ्कन रहेको छ । गत बर्ष सात लाख पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

यस्तै द्वन्द्वपछिको पुननिर्माणमा अन्तराष्ट्रिय लगानी भित्राउन सरकारले सन् २०१२ र १३ लाई अन्तराष्ट्रिय लगानी बर्षको रुपमा घोषणा गरेको छ । पूर्वाधार, जलबिद्युत लगायतका ठूला परियोजनामा प्रत्यक्ष बिदेशी लगानी भित्राउने उदेश्यले घोषणा गरिएको लगानी बर्ष सफल पार्न सरकारले लगानी बोर्डको समेत ब्यबस्था गरेको छ । लगानी बर्ष घोषणा भएपछि नेपालमा लगानी गर्न चाहाने बिदेशी लगानीकर्तालाई बिभिन्न सहुलियत दिइने र बोर्डमार्फत काम अघि बढाइने भएकाले अलमल र ढिलासुस्ती नहुने सरकारको बुझाई छ । प्रधानमन्त्री अध्यक्ष रहने बोर्डमा मन्त्री, निजी क्षेत्रका प्रतिनिधि र बिभिन्न सरकारी निकायमा अधिकारीहरु सदस्य रहेका छन् ।
                                                                                                                                  स्रोत:ओनलाइन खबर 

Posted by Butwalonline on 8:06 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "लुम्बिनी भ्रमण बर्ष आजदेखि सुरु"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु