एक सातामा मात्र मलेसियामा पाँच नेपाली कामदारको मृत्यु
क्वालालम्पुर ,२९ पुस,। पछिल्लो एक सातामा मात्र मलेसियामा रोजगारीका लागि गएका पाँच नेपाली कामदारको मृत्यु भएको छ । गत २२ पुसमा पासिर गुडाङको डीडी इन्जिनियरिङ कम्पनीमा कार्यरत सोमबहादुर तामाङ सुतेकै ओछ्यानमा मृत भेटिए ।
रातिको खाना खाएर सुतेका तामाङले मुटु दुखेको बताएपछि उनका सहकर्मीले तत्काल अस्पताल पुर्याएका थिए । अस्पताल
पुर्याइएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । चिकित्सले तामाङको हृदयघातका कारण मृत्यु भएको जनाएका छन् । तामाङको स्थायी ठेगाना कञ्चनपुरको कालिक गाविस-२ भएको खुलेको छ । यस्तै गुल्मी घर भई क्यामरुन हाइलैण्डको गार्डेनमा कार्यरत रामवहादुर खड्काको पनि उपचारका क्रममा ज्यान गएको हो । पुस १८ गते ड्युटी गरेका खड्का अचानक बिरामी परेपछि कम्पनीले नजिकैको अस्पताल लगेर उपचार गराएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि इपो अस्पतालमा रेफर गरिएका खड्काको उपचारकै क्रममा ज्यान गएको हो । खड्काको शव बिहीवार नै नेपालपठाइसकिएको छ ।
यसैबीच वेलकोट गाविस-६ नुवाकोटका राजुराम गजुरेलले झुण्डियर आत्महत्या गरेका छन । क्यामरुन हाइलैण्डको रिङलेट वातुतिगातिगामा रहेको गोल्डेन माउण्टेन नर्सरी र्फममा कार्यरत गजुरेलले झुण्डिएर आत्महत्या गरेका हुन । राजुको शव उनी बस्ने गरेको होस्टेल नजिकैको जंगलको एक रुखमा झुण्डिएको अवस्थामा फेला परेको थियो । आत्महत्याको कारण खुल्नसकेको छैन । गजुरेल १५ महिनाअघि मलेसिया आएका थिए ।
उता मलेसियाकै सेरेम्वान नजिकै रहेको युरोमेन फर्निचर कम्पनीमा कार्यरत याक्युला-८ खोटाङका २२ वर्षीय टिकावीर खड्काको शव पोखरीमा फेला परेको छ । कम्पनी नजिकै रहेको पोखरीको डिलमा उनी मृत अवस्थामा भेटिएका हुन् । उनको कपडा र मोबाइल भने पोखरीको डिलमा फेला परेको छ । शवलाई नेपाल पठाउने तयारी भैरहेको उनका सहकर्मी शेरवहादुर खड्काले जानकारी दिए ।
यस्तै ओखरेनी- ५ रामेछाप घर भई पेनाङको गोल्डन फिसमा कार्यरत महेन्द्र तामाङको सुतेकै अवस्थामा ज्यान गएको छ । सदाझैँ नियमित काम सकेर होस्टलमा आएका महेन्द्र पेट देखेको भन्दै सुतेकामा बिहान मृत भेटिएका थिए । चार वर्षअघि फिस लिडर इम्प्लोइमेण्ट सर्भिस प्रालि बानेश्वरबाट रोजगारीका लासग तामाङ मलेसिया पुगेका थिए। तामाङको शव पोष्टमार्टमका लागि पुलाउ पेनाङस्थित सेन्ट्राजया अस्पतालमा राखिएको छ ।
स्रोत :ओनलाइन खबर

Posted by Butwalonline
on 6:52 AM. Filed under
News,
Prabasi News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response