फिनेडाको सहयोगमा खानोपानीका लागि घैंटा
मुक्तिप्रसाद न्यौपाने,पुस २९, पाल्पा-खानेपानीका लागि समस्या झल्दै आएका जिल्लाका एक दर्जन भन्दा बढी गाउा विकास समितिका जनतालाई बर्षातको पानी सङ्कलन गर्ने प्रविधि घैंटा टंकी अत्यन्त उपयोगी सावित भएको छ ।
वर्षातमा टिनको छानामा परेको पानीलाई पाइपको माध्यमद्धारा सिमेन्टको घैटो तथा टङ्कीमा संकलन गर्ने प्रविधि गाउा गाउामा भित्र्रिएपछि उपगोगीमात्र नभइ पानीका कारण गाउालेहरुको जीवनस्तरमा समेत परिर्वतन आएको छ ।
ग्रामीण खानेपानी तथा सरसफाई कार्यक्रम अन्र्तगत ०५६ सालदेखि घैटो निमार्ण अभियान शुरु भएपछि जिल्लाका, चिदिपानी,बौघागुम्हा, हुमीन, देउराली, विरकोट, ताहुा, देविनगर, मदनपोखरा, चापपानी, नायरनम्तलेस, खस्यौली, भैरवस्थान, पिपलडााडा जस्ता दर्जनभन्दा बढी गाविसहरुमा करिब आठ हजार घरहरुमा निमार्ण भएका छन् ।
जिल्लामा प्रारम्भिक चरणमा ग्रामीण खानेपानी तथा सरसफाई कार्यक्रम फिनेडा सरकारको सहयोगमा जडान तथा निर्माण भएका छन् देउराली गाविस सचिव जयदिप पन्थीले अभियानलाई बताइन् । दातृनिकायको कार्यक्रम सकिए पनि गाविसको सहयोगमा घैटो निमार्णका कार्यक्रम अगाडि बढाइएको छ । यसरी गाविसको सहयोगमा समेत घैटो निमार्णले निरन्तरता पाउदा बालबालिकाको शिक्षामा परिर्वतन आएको छ । पानी बोक्ने समयमा उनीहरु पढ्न पाउने भए, भन्दछन् देउरालीका स्थानीय बासिन्दा कविराज अधिकारी ।
खानेपानीको स्रोत अत्यनत कम भएकाले विरकोट गाविसमा एक हजार भन्दा बढी घैटो निमार्ण भएका छन् भने, पानीको प्रमुख स्रोतनै बनेको छ घैटो निर्माणका लागि र घरको छाना भएका घरहरुमा टिन खरिदका लागि गाउा विकास समितीले सहयोग गरेकाले यो प्रविधिको प्रयोग बढेको हो उनले भनीन् । खानेपानी प्रयोजनका लागि निर्मित घैटो केही गाविसका कृषकहरुले तरकारी खेतीको सिंचाइका लागि समेत उपयोग गर्दै आएका छन् । पिपलडााडाका कृषक खुमन सारुले घैटोको पानी प्रयोग गरी मौसमी र बेमौसमी तरकारी खेती सिचााइ गरेको बताए ।
