लप्सीको दाना घाँटीमा अड्केर ४ वर्षिय बालकको मृत्यु
ताप्लेजुङ्ग, माघ २- लप्सीको दाना घाँटीमा अड्केर ताप्लेजुङ्गको फुरुम्बुमा एक बालकको ज्यान गएको छ। मृत्यु हुनेमा फुरुम्बु ६ निसावी घनश्याम सिग्देलका ४ वर्षिय छोरा मिलन सिग्देल रहेका छन्। अचार खाने लप्सी खोज्न गएका उनले पाकेको लप्सी भेटेर खाने क्रममा दाना अड्केर ज्यान गुमाउनु परेको दाजु डिल्लीराम सिग्देलले बताए। लप्सी खोज्न गएका उनी निकै बेर नआएपछि खोज्ने क्रममा दाना घाँटीमा अड्किएर मरिरहेको अवस्थामा फेला परेका थिए।
स्रोत :नागरिक
स्रोत :नागरिक