नक्कली पासपोर्ट बनाएर साउदी जानलागेका ४ नेपाली महिलालाई दिल्लीबाट फर्काइए
भैरहवा, माघ २-नक्कली पासपोर्ट बनाएर वैदेशिक रोजगारमा जान लाग्दा भारतको दिल्ली विमानस्थलमा पक्राउ परेका चारजना नेपाली महिलालाई उद्दार गरी दिल्लीस्थित प्रवासी नेपाली मित्र मञ्चले आज जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बुझाएको छ ।
उनीहरुलाई दुईमहिना अघि दलालले अर्कैको पासपोर्टमा साउदी अरव लैजान लाग्दा भारतीय प्रहरीले पक्राउ गरी० जेलमा राखेको थियो ।
उद्धार गरिनेमा, मोरङको लेटाङ-५ की १७ वर्षीया शान्ता तामाङ, दैलेखको कट्टारीकी जानकी सिंह, दाङ घोराहीका कल्पना बस्नेत र सावित्रा ओली छन् ।
मञ्चका अध्यक्ष दुर्गा प्रसाद अर्यालले दिल्लीस्थित नेपाली राजदूतावासको सहयोगमा उनीहरुलाई जेलमुक्त गरी उद्धार गरिएको बताए ।
स्रोत : कान्तिपुर