|

शिक्षकको हत्या भएको भन्दै बाग्लुङका शिक्षकहरु आन्दोलित

बाग्लुङ,पुस ११- शिक्षकको हत्या भएको भन्दै शिक्षकहरु आन्दोलित भएपछि आज बाग्लुङका सबै शैक्षिक संस्थामा पठनपाठन बन्द भएको छ। राङखानी उच्च माविमा अध्यापन गराउने कुश्मिशेरा-१ का शिक्षक भक्तबहादुर क्षेत्री आइतवार मृतक भेटिएपछि घटनाको छानविन माग गर्दै शिक्षकले शैक्षिक संस्था बन्द गरेका हुन्।

शिक्षक संघका सदस्यको मृत्युपछि नेपाल शिक्षक संघ,बाग्लुङले आह्वान गरेको बन्दमा नेपाल शिक्षक युनियन, नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल सामुदायिक उच्च मावि शिक्षक युनियन बागलुङले एक्यबद्धता जनाउँदै विद्यालय बन्द गरेका छन्।
बन्दको कारण विहानमा संचालित उच्च माविका कक्षामा पठनपाठन हुन सकेन। एकाएक गरिएको बन्द घोषणाले विद्यार्थी विद्यालय पुगेपछि फर्किएका थिए। घटनाको छानवीन र क्षतिपुर्तीको माग गर्दै जिल्लाका सवै निजी तथा सरकारी शैक्षिक संस्था बन्द गर्नु परेको शिक्षक संघका अध्यक्ष नारायण शर्मा पौडेलले बताए। घटनाको अनुसन्धानका लागि चार जनालाई पक्राउ गरेको प्रहरी नायव उपरिक्षक उमाप्रसाद चतुर्वेदीले बताए।

यसैबीच क्षेत्री समाज बाग्लुङले कुश्मीशेरा गाविसका क्षेत्र समाजका अध्यक्ष भक्त बहादुर क्षेत्रीको मृत्युको छानविनको माग गरेको छ।

क्षेत्री समाजका कार्यबाहक अध्यक्ष हुमादेवि खड्का र सचिव महेन्द्रसिंह रायमाझी तथा भातृसंस्थाहरु क्षेत्री युवा समाजका अध्यक्ष अर्जुन घिमिरे, विद्यार्थी समाजका अध्यक्ष मनिष रायमाझी, महिला समाजका अध्यक्ष पोटकुमारी जीसी, कलाकार समाजका अध्यक्ष रेनु केसी, बुद्धिजिवि समाजका अध्यक्ष भिमबहादुर थापा, कर्मचारी समाजका अध्यक्ष शिव केसी, भुपु सैनिक समाजका अध्यक्ष रामबहादुर अधिकारी, खेलकुद समाजका अध्यक्ष अमृत खड्का, उद्योग व्यवसायी समाजका अध्यक्ष लेखबहादुर खड्का, नगर समाजका अध्यक्ष बुद्ध विष्टले संयुक्त रुपमा विज्ञप्ति प्रकाशित गरी घटनाको सत्यतथ्य छानविन गरी दोषीउपर कारवाहीको माग गरेका छन्।
                                                                                                                                              स्रोत :नागरिक 

Posted by Butwalonline on 7:53 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "शिक्षकको हत्या भएको भन्दै बाग्लुङका शिक्षकहरु आन्दोलित"

Leave a reply