रुखबाट लडेर एक जनाको ज्यान गयो
बुटवल,पुस ८ - आज रुपन्देही को देवदह मा एक जना रुख बाट लडेर मृत्यु भएको छ | देवदह ,चरंगेका देबसिंग थापा घर नजिकैको जंगलमा दाउरा खोज्न जाँदा रुखबाट लडेर सख्त घाइते भएका थापालाई उपचारको लागि बुटवल ल्याउँदा ल्याउदै बाटोमै मृत्यु भएको छ | अहिले मृतक को लाश पोस्ट मार्टमका लागि लुम्बिनी अंचल अस्पतालमा राखियको प्रहरीले जनाएको छ| यसै गरि मधौलिया ४ कोतिहावामा एक जना अन्दाजी ५० बर्सिय व्यक्तिको सब फेला परेको छ ,भित्रि बाटोको कलभट नजिकै भेटिएको सो सब स्थानीय वासी देब बहादुर थारुको रहेको प्रहरीले जानकारी दिएको छ |
