चिसोका कारण रुपन्देहीका विभिन्नठाउंमा अहिले सम्म ४ जनाको ज्यान गयो
रुपन्देही ,पुस ८ - तराईमा दैनिक बढ्दै गरेको सीतलहरले जन जिबन प्रभावित भएको छ ,देसका विभिन्न ठाउंमा जाडो कारणले कठंग्रियर मर्नेहरुको संख्या बढीरहेकोछ ,यसै क्रममा चिसोका कारण रुपन्देही जिल्लाका विभिन्न ठाउंमा अहिले सम्म ४ जनाको ज्यान गैसकेको जिल्ला दैविकप्रकोप् उद्दार समिति रुपन्देही ले जनाएको छ | मृत्यु हुनेहरु मा काठमाडौं महानगरका सेर बहादुर पाण्डे बाहेक अरुको सनाखत हुन् सकेको छैन | गृह मन्त्रालय को निर्देशन अनुसार जिल्ला देविक प्रकोप समितिले उद्दार कार्यमा सक्रियता बढाएको छ | प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेल अनुसार प्रभावित क्षेत्रहरुमापुगी वास्तविक तथ्यांक संकलन गरि राहत को व्यबस्था गर्न लागिएकोछ | लुगा तथा दाउरा संकलन गरेर पिडितहरु लाई वितरण गर्ने योजना अनुसार छ |
