|

नेपाली सेनामा मधेसी भर्ना खुला प्रतिष्पर्धाबाटै गरिने

काठमाडौं, पुस ८ - नेपाली सेनामा मधेसी भर्ना खुला प्रतिष्पर्धाबाटै गरिने रक्षा मन्त्रालयले स्पष्ट पारेको छ ।

मन्त्रालयमा शुक्रबार पत्रकार सम्मेलन गर्दै रक्षामन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका उपप्रधानमन्त्री विजयकुमार गच्छदारले 'नेपाली सेनामा समावेशी गर्ने सम्बन्धि नीति पत्र' सार्वजनिक गरे । उनले सेनामा मधेसीको सामूहिक प्रवेश नहुने स्पष्ट पार्दै आरक्षण नीति अनुसार खुला प्रतिष्पर्धाबाट हुने बताए ।

मन्त्रिपरिषद्को मंगलबारको बैठकले तीन हजार मधेसीलाई नेपाली सेनामा भर्ना गर्ने निर्णय गरेको थियो । सहमति भएको निर्णय शुक्रबार 'माइन्युट' गरिएपछि रक्षा मन्त्रालयले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

आरक्षण अनुसार नै मधेसी भर्ना भए ४ सयभन्दा बढी हुँदैन । तर रक्षामन्त्री गच्छदारले कम्तिमा २ हजार मधेसी भर्ना हुने दाबी गरे । तीन हजारको दरबन्दीमा मधेसी, मधेसी मुलुका आदिवासी, दलित र मुस्लिमलाई भर्ना गर्ने निर्णय भएको थियो ।

रक्षा सचिव नविन घिमिरेले तीन हजार दरबन्दीका लागि हिमालमा तीन, पहाडमा पाँच र मधेसका ८ स्थानमा भर्ना खोलिने जानकारी दिए । उनका अनुसार भर्नाअघि मधेसमा जनचेतामुलक कार्यक्रम गरिने छ । यसैगरी मधेसको ऐतिहासिक स्थान झल्कने ठाउँबाट सेनाको बटालियन बनाइने रक्षाले जनाएको छ ।
                                                                                                                                         स्रोत :कान्तिपुर

Posted by Butwalonline on 3:22 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नेपाली सेनामा मधेसी भर्ना खुला प्रतिष्पर्धाबाटै गरिने"

Leave a reply