दोषीलाई कारवाहि र क्षतिपूर्तिका लागि पहल गर्ने प्रतिबद्धता रुपन्देही बन्द फिर्ता
बिनोद परियार,रुपन्देही,८ पुस । चुल्हो छोएको निहुँमा कुटपिटपछि हत्या गरिएका कालिकोटका मनविर सुनार हत्यारालाई कारवाहि र क्षतिपूर्ति लगायतका माग राख्दै दलितहरुले गरेको रुपन्देही बन्दले दिउसोसम्म जनजीवन प्रभावित भयो ।
प्रशाशन र राजनीतीक दलहरुले घटनाका दोषीलाई कारवाहि र क्षतिपूर्तिका लागि पहल गर्ने प्रतिबद्धता जनाएपछि भने दिउसो बन्द फिर्ता भएका थियो ।
प्रमुख जिल्ला अधिकारी हरिष्कृष्ण पौडेल सहित एमाओबादी,काग्रेस एमालले र स्थानिय उद्योगिहरुको समेत सहभागितामा संयुक्त दलित अधिकार संघर्ष समितिसंग वार्ता गरेर रुपन्देही बन्द भएको थियो । वार्तामा सुनार हत्यारालाई कारवाहि र क्षतिपूर्तिका बिषयमा जिल्लाका दल र स्थानिय प्रशाशनले पहल गर्ने, रुपन्देहीमा पनि हुने जातिय छुवाछुतजन्य घटनाका दोषीलाई कारवाहिका लागि सहयोग गर्ने र यस्ता घटना दोहरिन नदिने लिखित सहमति भएको समितिका संयोजक नन्दलाल खड्काथोकीले बताए ।
प्रशाशन र दलहरुको प्रतिबद्धता अनुरुप संघर्ष समितिले दिउसो बुटवल राजमार्ग चौराहामा कोणसभाको आयोजना गरि बन्द स्थगित गरेको घोषणा गरेको थियो । कोणसभामा बोल्दै दलित वर्ग उत्थानका कृन्द्रिय उपाध्यक्ष खिम बहादुर विश्वकर्माले चुलो छाएको भन्दै कालिकोटका मनविरको हत्या हुदा पनि राज्य मुकदर्शक भएकाले बाध्यताले बन्द गर्नुपरेको बताए । उनले सुनारका हत्यारालाई कडा कारवाहि,परिवारलाई क्षतिपूर्ति र सहिद घोषणा नगरे फेरी आन्दोलन गर्ने चेतावनि दिए । मुक्ति समाजका केन्द्रिय सदस्य एकराज विश्वकर्माले आन्दोलन स्थगित मात्रै भएकाले सरकारले मागको सम्बोधन नगरे दशेभरका ६० लाख दलितहरुलाई सडकमा उतार्ने बताए । सो अवसरमा दलहरुको तर्फबाट एमाले रुपन्देहीका अध्यक्ष लिला गिरीले प्रतिबद्धता ब्यक्त गरेका थिए ।
बन्दका कारण शुक्रबार दिउसोसम्म बुटवल,भैरहवा सहित ग्रामिणभेगहरुमा सवारी साधन संचालन हुन सकेका थिएनन । बन्दकर्ताहरु बुटवल,भैरहवा,शंकरनगर, खैरनी लगायतका क्षेत्रमा टायर बालेर सवारी साधन संचालनमा अवरोध गरेका छन् भने ठाउ ठाउमा प्रदर्शन समेत गरेका थिए ।
संविधानले छुवाछुत्त मुक्त राष्ट्र घोषणा गरिसकेको अवस्थामा पनि दलित युवाको हत्या भएको भन्दै
माओबादी,काग्रेस,एमाले र राष्ट्रिय जनमोर्चा निकटका दलित भातृसंगठनहरुले संघर्ष समिति गठन गरेर रुपन्देही बन्द आह्वान गरेका थिए । सुनारको मंसिर २४ गते कालिकोटको जुविथा गाविसमा कथित उपल्लो जातका दुई जनाले चुल्हो छोएको आरोपमा कुटपिट गरि हत्या गरेका थिए ।
