एक शिक्षक चुलेसीले घाँटी रेटिएको अवस्थामा मृत फेला
सल्लेरी (सोलुखुम्बु), मंसिर २९ - जिल्लाको चौलाखर्कस्थित हिमगंगा माविका शिक्षक बिपिन बास्तोला मृत भेटिएका छन् ।
बिद्यालयबाट घर फर्कने क्रममा गत २३ गते चौलाखर्क गाबिसस्थित पुन्य बस्नेतको घरमा बास बस्न पुगेका शिक्षक बास्तोला त्यसको भोलि पल्ट शंकास्पद रुपमा मृत भेटिएका हुन् ।
२३ गते दिउँसो एक बजेसम्म सकुसल रहेका बास्तोलालाई त्यसको आधा घण्टापछि बास बसेकै कोठामा चुलेसीले घाँटी रेटिएको अवस्थामा स्थानियले फेला पारेको प्रहरीले जनाएको छ ।
बास्तोलाले दिउँसो एक बजे अघि बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष शंकर बस्नेतसंग कुराकानी गरेका थिए । कुराकानीमा बास्तोलाले बस्नेतसंग आफूले असुरक्षित महसुस गरेको बताएकोे प्रहरीले अनुसन्धान पछि जनाएको छ ।
बास्तोलाले घर फर्कनु अघिल्लो रात आफ्नी श्रीमतिसंग पनि फोनमा पारिवारीक कुरालाई लिएर चर्काचर्की गरेको जनाएको घरबेटी निर्पध्वज कार्कीले बताएको प्रहरी नायब उपरीक्षक रमेश खड्काले बताए ।
यसैबिच मृतकका परिवारले भने घटना रहस्यमय भएको भन्दै छानबिनको माग गरेको छ । मृतक बास्तोलाकी श्रीमती कल्पना बास्तोलाले आत्महत्या गर्नुपर्ने कुनै कारण नभएको भन्दै घटना रहस्यमय भएको बताएकी छिन् ।
स्रोत :कान्तिपुर