बस ट्रकसँग जुध्दा ५ जना यात्रु घाइते
पाल्पा, मंसिर २९ , लिटिल बुद्ध एकेडेमी कञचनपुरबाट पाल्पा भ्रमण आएको बस पाल्पा-बुटवल सडक खण्डमा ट्रकसँग जुध्दा ५ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये ४ जना विघार्थी छन्।
पाल्पाबाट बुटवलतर्फ जाँदै गरेकको ना३ख ६८८७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको लु१ख ३३०५ नम्बरको ट्रक बिहीबार दिउँसो पाल्पाको डुम्रेमा आपसमा जुधेका हुन्। घाइते हुनेमा १७ वर्षीय भुपेन्द्र बोकटी, १६ वर्षीय हेमराज भट्ट, १६ वर्षीय प्रकाश चन्द्र, १७ वर्षीय राकेश जोशी र ४५ वर्षीय चन्द्रकान्त बोहोरा रहेका प्रहरीले जनाएको छ। उनीहरूको लुम्बिनी मेडिकल कलेज प्रभास तानसेनमा उपचार हुँदै गरेको मेडिकल सूचना शाखा संयोजक प्रकाश रानाभाटले बताए। घाइतेमध्ये हेमराज भट्ट गम्भीर छन्।
स्रोत :नागरिक न्युज