|

ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु दुई घाइते

चितवन, पुस ११ - पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको दारेचोक -२ मा आइतबार राति ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।काठमाण्डौंबाट नारायणगढतर्फ आउदै गरेको ना ३ ख ५८६१ नम्वरको ट्रक राति साढे २ बजे अनियन्त्रित भई भित्तामा ठोक्किएको थियो । घटनामा घाईते भएका ट्रकका चालक पूर्वी चितवनको पीप्ले ७ गड्यौली बस्ने रामकुमार सुनारको उपचारार्थ भरतपुर ल्याइँदै गर्दा बाटोमा नै मृत्यू भएको हो । घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइते निर्मल थिङ र सुजन थापाको कलेज अफ मेडिकल साईन्सेज भरतपुरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
                                                                                                                                              स्रोत :कान्तिपुर 

Posted by Butwalonline on 6:12 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु दुई घाइते"

Leave a reply