मेची राजमार्गमा अनिश्चितकालिन यातायात बन्द
ताप्लेजुङ, मंसिर १९ - मेची राजमार्गमा सरकारले तोकेभन्दा बढी भाडा असुलेको भन्दै बिद्यार्थी संगठनले सोमबार बिहानै देखि अनिश्चितकालिन यातायात बन्द गराएका छन् । त्यसको बिरुद्धमा यातायात ब्यवसायीले पनि बन्द गरेका छन । सर्बसाधारणले आफुहरु ठगिएको गुनासो पटक ÷ पटक गरेपछि प्रशासनले यातायात ब्यवसायी राजनीतिक दल, नागरिक समाज, संघसंस्थाका प्रतिनिधि, बिद्यार्थी संगठन लाइ राखेर सनिबार र आइतवार दुइ दिन सम्म छलफल चलाएको थियो । तर ब्यवसायी भाडा घटाउन सहमत नभएपछि बिद्यार्थीले बन्द गराएका हुन । त्यसको लगत्तै ब्यवसायीले बन्दको आब्हान गरे । हाल २ सय ३२ किलोमिटर मेची राजमार्गको चारआली – ताप्लेजुङ सडक खण्डमा बसमा आठ सय २३ रुपैंया र ट्याक्सीमा ९ सय ५० भाडा असुलिदै आएको छ ।
स्रोत :कान्तिपुर
स्रोत :कान्तिपुर