|

कक्षा ११ को नतिजा सार्वजनिक

भक्तपुर, मंसिर २९ - उच्च माध्यमिक शिक्षा परिषद्ले बिहीबार राति कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । यस वर्ष नियमिततर्फ ३९ प्रतिशत र आंशिकतर्फ ४० प्रतिशत उत्तीर्ण भएको परिषद्ले जनाएको छ ।

परीक्षामा नियमिततर्फ एक लाख १५ हजार ९ सय ६८ र आंशिकतर्फ ५९ हजार ८ सय ९० विद्यार्थी उत्तीर्ण भएका छन् । नियमिततर्फ दुई लाख ९९ हजार ७ सय २७ र आंशिकतर्फ १ लाख ४८ हजार ६ सय १६ विद्यार्थी सहभागी थिए ।

परिषद्का अनुसार ९ सय ३५ विद्यार्थीको परीक्षा रद्द भएको छ भने ३३ जनाको स्थगित भएको छ । परीक्षा गत जेठ महिनामा भएको थियो ।

अघिल्लो वर्ष भने नियमिततर्फ ३९ प्रतिशत र आंशिकतर्फ ३८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्


                                                                                                                                       स्रोत : कान्तिपुर 

Posted by Butwalonline on 1:20 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कक्षा ११ को नतिजा सार्वजनिक"

Leave a reply