पौडेलको शव सेनाको हेलिकप्टरद्वारा गृह जिल्ला चितवन ल्याइयो
चितवन ,पुस ५ - तरुण दल चितवनका अध्यक्ष शिव पौडेलको शव बोकेर आएको नेपाली सेनाको हेलिकप्टर आधा घण्टासम्म प्रयास गर्दा पनि भरतपुर विमानस्थलमा अवतरण गर्न नसकी देवघाट पुगेर अवतरण भएको छ। हेलिकोप्टर अन्तिम संस्कारस्थल देवघाटमा पहिलो पटक अवतरण हुँदा कङ्ग्रेस कार्यकर्ताले विरोध गरेपछि फेरि भरतपुर विमानस्थलतर्फ उडेको थियो।
दोस्रो प्रयासमा पनि हेलिकोप्टर विमानस्थलमा उत्रन सकेन। त्यसपछि हेलिकोप्टर पुनः देवघाटमा अवतरण गरेको हो
पौडेलको शवलाई देवबाट शवबाहनमा राखेर विमानस्थल ल्याइँ त्यहाँ पौडेलको निवास दीपेन्द्र नगरसम्म शव यात्रा गर्ने तयारी कङ्ग्रेसले गरेको छ। घरमा श्रद्धाञ्जली दिएपछि २ बजे शवलाई नारायगढस्थित कङ्ग्रेस कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिनेछ। त्यसपछि नारायणगढदेखि देवबाटसम्म शवयात्रा हुनेछ। देवघाटमा पौडेललाई अन्तिम श्रद्धाञ्जली दिएपछि दाहसंस्कार गरिनेछ।
प्रहरी प्रशासनको विरोध गर्दै कङ्ग्रेस कार्यकर्ताले विमानस्थल गेट बाहिर प्रदर्शन गरेका छन्। पौडेललाई अन्तिम श्रद्धाञ्जली दिन कङ्ग्रेस नेताहरु शेरबहादुर देउवा, खुमबहादुर खड्का, गगन थापा सहित चितवन आइपुग्दैछन्।
स्रोत :नागरिक(चाँदनी हमाल)