छोरीलाई धक्का दिएर लडाएको विषयमा विवाद हुँदा हत्या
काठमाडौं, मङ्सिर १६ - छोरीलाई धक्का दिएर लडाएको विषयमा विवाद बढ्दा ङिमा शेर्पा (गम्बुछिरी)माथि छुरी प्रहार भएको प्रहरीले जनाएको छ। हत्या अभियोगमा पक्राउ परेका दोर्जे शेर्पाको बयान उद्धृत गर्दै प्रहरीले यो दाबी गरेको हो।
बुधबार बेलुका ९ बजे चाबहिल सरस्वतीनगरमा छुरा प्रहारबाट घाइते ङिमाको ओम अस्पतालमा मृत्यु भएको थियो। घटनालगत्तै भागेका दोर्जे दुई घन्टापछि घटनास्थल नजिकैबाट पक्राउ परेका थिए।
प्रहरीका अनुसार दोर्जे र ङिमा दुवै नजिकैको एक होटलमा बसेर रक्सी खाँदै थिए। खाना खान अबेला भयो भन्दै दोर्जेकी श्रीमती र छोरी उनलाई बोलाउन आए। त्यहीबेला होटलबाट बाहिर निस्कन लागेका ङिमा दोर्जेकी छोरीसँग ठोक्किए। छोरी लडेपछि दोर्जे र ङिमाबीच झगडा सुरु भयो। सोही क्रममा ङिमाको पेटमा छुरा हानेर दोर्जे भागे। घाइते ङिमाको ओम अस्पतालमा उपचार गर्दागर्दै राति साढे १० बजे मृत्यु भयो।

'जानीजानी ठक्कर दिएर छोरी लडाएको आरोप दोर्जेले लगाएपछि दुवैबीच झडगा सुरु भएको देखियो,' महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी धीरजप्रताप सिंहले भने, 'आवेगमा आएर दोर्जेले कोठाबाट छुरी झिकी पेटमा प्रहार गरेको उनको बयान छ।' दोर्जे हत्या अभियोगमा अनुसन्धान महानगरीय प्रहरी वृत्त बौद्धको हिरासतमा छन्।
स्रोत :नागरिक न्युज