जिप दुर्घटनामा एकजनाको मृत्यु ११ जना घाइते
पाल्पा, मंसिर १८ - स्याङ्जाको पिडीखोला गाविस-३ सापकोटाथर भन्ने स्थानमा आइतबार बिहान भएको जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
पर्वत वहाकी गाविस -९ की २६ वर्षीया अनिता श्रेष्ठको घटनास्थलमै मृत्यु भएको उद्दारमा खटिएका प्रहरी नायव निरीक्षक विष्णु बस्यालले टेलिफोनमा बताए।
पिडीखोलाबाट गल्याङ तर्फ जाँदै गरेको ग १ च ४३८४ नम्बरको महेन्द्रा जिप उकालोमा पछाडि हटेर नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो। घाइतेको सामुदायिक अस्पताल गल्याङमा उपचार भैरहेको छ। करिब सय मिटर ब्याक हटेपछि भित्तामा ठक्कर खाएर जिप सडकमै पल्टेको थियो ।