|

पाल्पामा बैज्ञानिक भाडादर लागू गर्ने तयारी

मुक्तिप्रसाद न्यौपाने,मंसिर ९, पाल्पा-पाल्पा जिल्लाभित्र चल्ने बस, जिप तथा ट्रकहरूमा बैज्ञानिक भाडादर लागू गर्न आवश्यक तयारी सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले जिल्ला स्तरीय सार्वजनीक सवारी रुट तथा भाडादर निर्धारण गरी लागू गराउन सर्बपक्षिय बैठक एवं भेला तानसेनमा सम्पन्न गरेको छ ।

जिल्लाभित्र कालोपत्रे र ओटासिल भएका सडकमा प्रतिकिलोमिटर २ रुपैयाा ७५ पैसा, बस, ट्रक, मिनिबस र जिपहरु चल्ने सडकमा प्रतिकिलोमिटर ३ रुपैयाा ६० पैसा र जिप र ट्रयाक्टर मात्र चल्ने सडकमा प्रतिकिलोमिटर ४ रुपैयॉ भाडा दर प्रस्ताव गरिएको समितिका संयोगक प्रेमनारायण बस्याले बताए । जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर प्रेमनारायण बस्यालको संयोजकत्वमा गठित ५ सदस्यीय समितिले ४ स्तरका सडक र सडकको अवस्था अनुसार भाडादर निर्धारण गरेको हो । सरकारले कार्तिक १६ गते सिद्धार्थ राजमार्ग र रिडी–पाल्पा सडक खण्डमा प्रतिकिलोमिटर २ रुपौया १० पैसा भाडा निर्धारण गरेको छ ।

जिल्लामा सञ्चालित बस तथा जीपले यात्रुबाट बढी भाडा असुल गरेको. गुनासो आएपछि प्रमुख जिल्ला अधिकारी टिकाराम घिमिरेले सर्वपक्षीय बैठक बोलाई बैज्ञानिक भाडा दर निर्धारण गर्न पहल गर्नु भएको हो । तानसेनमा भएको सर्वपक्षीय बैठकमा पश्चिमाञ्चल यातायात व्यवसायी समितिका उपाध्यक्ष नारायण घिमिरेले अध्ययनका लागि केही समय माग गरेपछि एक हप्ताको समय दिइएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । बैठकमा श्रीनगर यातायात व्यवसायी समितिको भने उपस्थिति नभएको भन्दै सहभागिहरूले आलोचना गरेका थिए ।

Posted by Butwalonline on 2:12 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पाल्पामा बैज्ञानिक भाडादर लागू गर्ने तयारी"

Leave a reply