|

तानसेनमा क्षेत्रीयस्तरको महोत्वस फागुनमा हुने

मूल आयोजक समितिको बैठक माओवादी र एमालेद्वारा बहिस्कार
राजेशकुमार अर्याल,मंसिर ८, पाल्पा- पाल्पा उद्योग वाणिज्य संघले फागुनमा पश्चिमाञ्चल औधोगिक व्यापार मेला, कृषि प्रदर्शनी एवं पर्यटन महोत्सव आयोजना गर्ने भएको छ ।

उद्देश्य र कार्यक्रमका बारेमा जानकारी दिने र सुझाव लिने उद्देश्यले आज तानसेनमा आयोजित मूल समितिको बैठकमा फागुन ५ गतेदेखि १३ गतेसम्म महोत्सव आयोजना गर्ने जानकारी दिइएको हो । संघका अध्यक्ष मधुदयाल सैंजूले १६ जिल्लाका पर्यंटकीय स्थलहरूको फोटो प्रदर्शनी, ३३ फुटको रानीघाट दरबार, कुटिर तथा घरेलु उद्योगका स्टलहरू, सांस्कृतिक कार्यक्रमलगायतका कार्यक्रम नौ दिनको अवधिमा हुने बताउनु भयो । महोत्सव व्यवस्थापनका लागि करिव ५१ लाख रुपौयाको बजेट अनुमान गरिएको उहााले जानकारी दिनुभयो । एकीकृत नेकपा माओवादी र नेकपा एमालेले महोत्वस मूल आयोजक समितिको पहिलो बैठक नै बहिस्कार गरेका छन् । बैठकका सहभागिहरूले टुाडिखेलको सरसफाई, शितलपाटीको व्यवस्थापन, यातायात व्यवस्थापन, झााकी तथा र्‍याली व्यवस्थापन, सुरक्षाको प्रबन्ध र प्रचारप्रसारलाई थप व्यवस्थित बनाउन सुझाव दिएका छन् ।

बैठकमा संघका निवर्तमान अध्यक्ष भुषण राजलवटले क्षेत्रीयस्तरको महोत्वसलाई व्यवस्थित बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । उहााले शनिबारको तानसेन बन्द तात्कालीन अवस्थाको निर्णय भएको बताउादै अब पसल खोले कुनै रोकावट नहुने स्पष्ट पार्नु भयो । राजलवटको भनाई थियो, ‘शनिबारको बन्द स्वेच्छिक हो, दुकान खोले पत्र पठाउने वा जरिमाना लिइने छैन ।’ बैठकमा पाल्पाका प्रमुख जिल्ला अधिकारी टीकाराम घिमिरे, राजनीतिक दलका नेताहरूले महोत्सव व्यवस्थापनमा विगतका गल्तीलाई आयोजकले दोहोर्‍याउन नहुने बताएका छन् ।

Posted by Butwalonline on 2:14 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "तानसेनमा क्षेत्रीयस्तरको महोत्वस फागुनमा हुने"

Leave a reply