लागु औषधको कारोवारमा संलग्न चार जनालाईं पक्राउ
मुक्तिप्रसाद न्यौपाने,मंसिर ९, पाल्पा-जिल्ला प्रहरी कार्यालय पाल्पाले लागु औषधको कारोवारमा संलग्न रहेको अभियोगमा चार जनालाईं पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पाल्पा तानसेन नगरपालिका १ का ३२ वर्षिय डम्वर बहादुर गुरुङ्ग, रुपन्देही बुटवल नगरपालिका ८ का ३६ वर्षिय सुदेश श्रेष्ठ, आनन्दवन ३ की ४५ वर्षिया चिन्ता बि.क र पडसरी ५ की २९ वर्षिया मनु सुनार रहेका छन् । गुरुङ्ग र श्रेष्ठलाई पाल्पाबाट तथा विक र सुनारलाई रुपन्देहीबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक गोबिन्द थपलियाले बताए ।
प्रहरीले अभियुक्तहरूबाट सेतो हिरोइन २ सय १० ग्राम, र खैरो हेरोइन ११ दशमलव ४५ ग्राम बरामद गरेको छ । हेरोइन बनाउन प्रयोग हुने २१ ग्राम केमिकल, ढक–तराजु र ३९ सय नगद रुपौया पनि बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरी नायव उपरीक्षक थपलीयाका अनुसार लागुऔषधको व्यापारमा संलग्न रहेका पक्राउ पर्नेमा यो अहिले सम्मकै ठूलो गिरोह हो । लागु औषध ऐनअन्र्तगत अभियुक्तहरुलाई जिल्ला अदालत पाल्पामा मुद्दा चलाइएको छ । लागु औषध ऐनअनुसार अभियुक्तहरूलाई ५ लाखदेखि २५ लाख रुपौयासम्म जरिवाना, २० वर्ष कैद वा दुवै सजाय हुन सक्ने प्रहरीले जनाएको छ ।