|

डा.न्यौपानेको समालोचनात्मक कृति तानसेनमा लोकापर्ण

मुक्तिप्रसाद न्यौपाने,मंसिर ९, पाल्पा-साहित्यकार डा. नेत्रप्रसाद न्यौपानेद्वारा लिखित केही व्यक्ति, कृति र प्रवृति समालोचना संग्रह एक कार्यक्रमका बिच तानसेनमा लोकार्पण भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा महादेव अवस्थीले आज धवल पुस्तकालयमा आयोजित कार्यक्रममा पुस्तकको लोकार्पण गर्नु भएको हो । यो पुस्तकमा विभिन्न १५ कृतिमाथि समीक्षा गरिएका समालोचना समावेश छन् ।कार्यक्रमका मूल पाहुनासमेत रहनुभएका प्राध्यापक डा. अवस्थीले समालोना भनेको कृतिको पारख र गुणको दर्शन हो त्यो कार्यमा न्यौपानेको कृति सफल रहेको बताउनुभयो । उहाले स्रष्टालाई चिनाउने र कृतिका महत्वपूर्ण विशेषतालाई उजागर गर्ने काम समीक्षकको भएको उल्लेख गर्दै न्यौपानेले नव ज्ञानमा लागेका सर्जकलाई उठाउनु भएको धारणा व्यक्त गर्नु भयो । प्रतिष्ठानका समालोचना, निबन्ध र बालसाहित्य विभागका प्रमुख अवस्थीले मुलुक संक्रममणकालमा रहेकाले साहित्य र सास्कृतिको क्षेत्र पनि ओझेलमा परेको बताउनुभयो । कार्यक्रममा कृतिको समीक्षा गर्दै साहित्यकार टंक भट्टराईले सुक्ष्म दृष्ट्रि राखेर न्यौपानेले विभिन्न सर्जकका कृतिमाथि समालोचना गरेको उल्लेख गर्नु भयो ।

कार्यक्रममा सभासद नारायणी शर्मा घिमिरे, पाल्पाका प्रमुख जिल्ला अधिकारी टीकाराम घिमिरे, धवल पुस्तकालयका अध्यक्ष युवराज पौड्याल, त्रिभुवन बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. कर्णबहादुर बानियाा, साहित्यकार कृष्णप्रसाद कोइरालालगायतले लेखक र कृतिमाथि चर्चा गर्नुभयो । कार्यक्रम कला विमर्श केन्द्रका टंक पन्थको सञ्चालन र अध्यक्ष डा. नेत्र न्यौपानेको अध्यक्षतामा चलेको थियो ।

Posted by Butwalonline on 2:22 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "डा.न्यौपानेको समालोचनात्मक कृति तानसेनमा लोकापर्ण"

Leave a reply