|

फिस्टेल एयरको हेलिकप्टर सोलुखुम्बुको लोभुचेमा दुर्घटनामा

 काठमाडौ, मंसिर १३ - फिस्टेल एयरको एउटा हेलिकप्टर सोलुखुम्बुको लोभुचेमा दुर्घटनामा परेको छ। क्याप्टेन दीपक राणाले भुई छाडेर अगाडि बढाउनासाथ ढुंगामा ठोकिएर दुर्घटना भएको फिस्टेलका प्रमुख  कार्यकारी अधिकृत सुमन पाण्डेले जानकारी दिए।फिसटेलको ९ एन एआइके कल साइनको उक्त हेलिकप्टरमा अस्ट्रेलियन नागरिकको उद्दार गरेर काठमाडौं ल्याइनेक्रममा दुर्घटनामा परेको हो। दुर्घटना भएपनि चालक र यात्रु भने सुरक्षित छन्।'हेलिकप्टरमा सामान्य क्षती भएको जानकारी आएको छ,' पाण्डेले भने, 'अरु बुझ्दैछौं। हेलिकप्टरको बाहिर ठूलो क्षती नभएपनि भित्र समस्या हुनसक्छ।' 


                                                                                                                                             स्रोत :नागरिक न्युज 

Posted by Butwalonline on 7:30 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "फिस्टेल एयरको हेलिकप्टर सोलुखुम्बुको लोभुचेमा दुर्घटनामा"

Leave a reply