|

ठूलो परिमाणको लागूऔषधसहित ६ जना पक्राउ

पोखरा, मंसिर १३- प्रहरीले ठूलो परिमाणको लागूऔषधसहित ६ जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ। भारतबाट वीरगञ्ज हुँदै पोखरासम्म ल्याएर लागूऔषध बिक्री गर्दै आएका ती कारोबारीलाई केही दिनयता पोखरा र आसपासका क्षेत्रबाट पक्राउ गरिएको हो। 


पक्राउ पर्नेमा पोखरा-१८ काजीपोखरीका वीरकाजी गुरुङ, पोखरा-१५ की १८ वर्षीया लुर्मिला भण्डारी, वीरगञ्ज-१० का शिवजी राउत र भारत उत्तर प्रदेशका नजामुदिन मिया, पर्सा हरिहरपुरका गम्भीर महतो र तारा मिश्र छन्। प्रहरीले उनीहरुको साथबाट १ हजार ८ सय थानभन्दा बढी लागूऔषध बरामद गरेको छ। काजीपोखरीस्थित वीरकाजी गुरुङको घरमा तलासी लिंदा बुप्रिनर्फिन, डाईजापाम, फेनेरागन, नाइट्रोभ्याट चक्की र नाइट्रोसन चक्की गरि ६ सय १७ थान लागूऔषध फेला परेको थियो।
                                                                                                                                            स्रोत :नागरिक न्युज 

Posted by Butwalonline on 7:35 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "ठूलो परिमाणको लागूऔषधसहित ६ जना पक्राउ"

Leave a reply