|

राजधानीमै एक कलेजमा अध्ययनरत किशोरीलाई सामूहिक बलत्कार


काठमाडौ, मंसिर १४ -राजधानीको मनमोहन मेमोरियल कलेजमा अध्ययनरत एक किशोरीलाई सामूहिक बलत्कार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले काठमाडौंको बालाजु बाइपासका केदार प्रसाद फुयाल र धापासी मनमैजुका राजन श्रेष्ठलाई पक्राउ गरेको हो ।
राजनले मनमोहन पढ्ने किशोरीलाई घुमाउन लैजाने भन्दै मोटरसाईकलमा राखी ठमेलको सेती दोभान गेष्ट हाउसमा पुर्याएका थिए । त्यसपछि उनले आफ्ना जय भन्ने केदारलाई समेत बोलाएर सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । पिडीत किशोरीको उजुरीका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।  
                                                                                                                                                   स्रोत:कान्तिपुर 

Posted by Butwalonline on 7:19 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "राजधानीमै एक कलेजमा अध्ययनरत किशोरीलाई सामूहिक बलत्कार"

Leave a reply