|

हत्याराहरुलाई तत्काल खोजी कारवाही गर्न क्षेत्री समाजको खवरदारी

विनोद परियार,बुटवल,कार्तिक २८  । रुपन्देहीको शंकरनगर ५ नयांमिल निवासी नेत्र कुमारी बस्नेतमाथि आक्रमण गरि हत्या गर्ने समुहलाई तत्काल खोजी कारवाही गर्न क्षेत्री समाजले आग्रह गरेको छ । क्षेत्री समाज शंकरनगर इकाइ समितिले सोमवार मृतकको निवासमै आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा यस्तो आग्रह गरिएको हो । सभामा बोल्ने बक्ताहरुले घटना भएको १२ दिन वितिसक्दा पनि अपराधिहरु पत्ता लाग्न नसकेको भन्दै दु:ख ब्यक्त गरेका थिए । कार्यक्रममा परिवारका तर्फबाट मृतकका ज्वाई रेशम केसिले धन सम्पत्तिको लोभमा मान्छेको ज्यान लिने हत्याराहरुलाई हदै सम्मको कारवाही हुुनुपर्ने माग राखे । उनले समाजमा अझै पनि चोरी,डकैति तथा लुटपाट नरोकिएको भन्दै शान्ति सुरक्षा कायम राख्न प्रहरी प्रशासन समक्ष आग्रह गरे ।

मान वहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि क्षेत्री समाजका केन्द्रिय सदस्य दल वहादुर जिसी,जिल्ला सहसचिब विष्णु पराजुली,होम बहादुर केसि,लिला वहादुर खड्का,यम बहादुर कार्की लगायतले बोल्दै हत्यारालाई तत्काल खोजी कारवाही गर्न माग गरेका थिए । हत्यामा संलग्नहरुलाई कुनैपनि राजनितिक दलहरुले संरक्षण गर्न सक्ने भन्दै उनीहरुले त्यस्तो अबस्था आए परिणाम राम्रो नहुने चेतावनी दिएका थिए । कार्यक्रमको सञ्चालन गोपाल थापाले गरेका थिए ।

गत कार्तिक १३ गते राती ३/४ जनाको समुहमा आएका लुटेराहरुले ईन्जिनियर दुजेन्द्र बस्नेतको घरमा लुटपाट गर्नुको साथै बस्नेतकी ७६ वर्षिय आमा नेत्र कुमारी बस्नेतलाई कुटपिट गरी सख्त घाईते बनाएका थिए । लुटेराहरुको आक्रमणबाट टाउकोमा गम्भिर चोट लागेकी बस्नेतको उपचारको क्रममा गत १७ गते मृत्यु भएको हो । लुटेराहरुले घरको च्यानल गेट र मुख्य ढोका फोरेर घरको तल्लो तलामा एक्लै सुतेकी नेत्र कुमारी बस्नेतले लगाएको सुनको बाला, सिक्रि तथा कानका टप गरि करिब ६ तोला सुन लुटेर लगेका थिए ।यता प्रहरीले अपराधिको नजिक पुगीसकेकोले एकदुई दिन भित्रमै अपराधि पक्राउ पर्ने जनाएको छ ।

Posted by Butwalonline on 5:55 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "हत्याराहरुलाई तत्काल खोजी कारवाही गर्न क्षेत्री समाजको खवरदारी"

Leave a reply