अन्तरिम संविधान संशोधन विद्येयक पारित
काठमाडौं, कार्तिक १८ - मन्त्रिपरिषद्द्वारा अन्तरिम संविधान ११ औं संशोधन विद्येयक पारित भएको छ ।
सिंहदररवारमा बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको संशोधन विद्येयक शुक्रबार नै संसद् सचिवालयमा दर्ता गरिंदैछ ।
सात बुँदे सहमतिमा राज्य पुनःसंरचनाका विषयमा रहेका विवादित विषय सुल्झाउन विज्ञ समूह गठन गर्ने सहमति भएपछि सरकारले अन्तरिम संविधान संशोधन तयारी गरेको हो ।
अन्तरिम संविधान- २०६३ मा राज्य पुनःसंरचनाका विषयमा निर्णय गर्न राज्य पुनःसंरचना आयोग गठन गर्ने उल्लेख छ ।
स्रोत :कान्तिपुर न्युज