सहभागितात्मक योजनामा सहभागीहुदै गाउबासी
मुक्तिप्रसाद न्यौपाने
कार्तिक १८, पाल्पा
सामाजिक स्रोत विकास केन्द्र नेपालको सहयोग र दोभान गाउा विकास समितिको आयोजनामा सहभागितात्मक योजना तर्जुमा सम्बन्धी ३ दिने प्रशिक्षक प्रशिक्षण तालिम दोभान गाविसमा सम्पन्न भएको छ ।
कार्यक्रममा सरकारी कोष के हो ?, वस्तुस्तरीय योजना तर्जुमा प्रक्रिया, योजनाको पहिचान र छनोट जस्ता विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । कार्यक्रममा दोभान गाउा विकास समितिका विभिन्न क्षेत्र र समुदायका २० जनाको सहभागिता रहेको थियो ।
बस्तीबस्तिमा योजना तर्जुमाका लागि १५ जना सहजकर्ता तयार गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको कार्यक्रममा स्थानीय स्रोत र साधनको अधिकतम सदुपयोग गरी श्रम र साझेदारीतालाई अझ सहज बनाउन यस्ता तालिमको आवश्यकता रहेको सहजकर्ता बिष्णुप्रसाद पाण्डेले बताए । समुदायले आफ्ना बस्तीका आवश्यकता पहिचान गरी गाउा परिषद्का लागि योजनाहरु पहिचान गर्नको लागि सर्वसाधारण, दलको प्रतिनिधी र प्राविधिक सहितको कार्यक्रमलाई सहज बनाउन बस्तुस्तरको योजनाका विषयमा समेत अन्तक्रिया भएको थियो ।
कार्यक्रमका सहभागी शिवराज पौडेल भन्छन् सिक्ने र सिकाउने एउटै ठाउाको रुपमा प्रयोग गरिंदा अभ्यासका लागि सहज भएको छ, अब गाउाको विकासका लागि हामि जस्ता युवाहरु सक्रिय हुनु जरुरी छ । अर्का सहभागि भिमिसरा घर्ती मगरले सबैको सहभागितामा योजना आवश्यकताको पहिचान गर्ने यी कार्यक्रमको अरु गाविसका लागि पनि आवश्यक हुने उनको भनाई थियो ।
कार्यक्रम सबै क्षेत्रको प्रतिनिधीत्वमा उल्लेख्य युवावर्गको सहभागिता रहेको थियो । प्रशिक्षक प्रशिक्षण कार्यक्रम पाल्पा जिल्लाका अन्य गाविसमा पनि सञ्चालन गर्दै लगिने केन्द्रले बताएको छ ।