बुटवल स्थित जलश्रोत कार्यालयमा तालाबन्दि
विनोद परियार । बुटवल,८ मंसिर । अस्थायी, करार तथा ज्यालादारी कर्मचारीलाई स्थायी गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका भूमीगत जलस्रोत बिकास समिति अन्र्तगतका कर्मचारीहरुले आज बुटवल स्थित कार्यालयमा तालाबन्दि गरेका छन् ।
भूमीगत जलस्रोत विकास समिती अन्र्तगत बुटवल स्थित भूमीगत जलस्रोत विकास कार्यालयमा अस्थायी तथा करारमा कार्यरत कर्मचारी सिता दाहालको नेतृत्वमा कार्यालयमा तालाबन्दि गरिएको हो । अस्थायी कर्मचारीहरुको तालाबन्दिका कारण कार्यालयको काम पूर्ण रुपमा प्रभावित भएको छ । अस्थायी कर्मचारीहरुलाई प्रकृया पूर्याएर स्थायी गरिनुपर्ने माग राखी यहि मंसिर ५ गते देखि समितिको मुख्य काार्यालय बबरमहल काठमाण्डौंमा धर्नामा बसेका अस्थायी कर्मचारीहरुका माग प्रति सुनुवाई नगरेको भन्दै विहिबार देखि कार्यालयमा अनिश्चितकालिन तालाबन्दि गरेका हुन ।भूमीगत जलस्रोत बिकास समिति अन्र्तगत देशभर ९ वटा कार्यालयमा १ सय ११ जना कर्मचारीहरु अस्थायी करार तथा मासिक ज्यालादारीका रुपमा कार्यरत रहेको तालाबन्दिका क्रममा आन्दोलित कर्मचारी दाहालले बताउनुभयो ।