|

बेहुली लिएर फर्केको बस दुर्घटना हुँदा एकजनाको मृत्यु



मोरङ, मङ्सिर १२- बेहुली लिएर फर्कने क्रममा मोरङको उर्लाबारी इटहरा सडकखण्डमा हिजो साँझ बस दुर्घटना हुँदा गम्भीर घाइते भएका एकजनाको गएराति उपचारका क्रममा मृत्यु भएको छ। गम्भीर घाइतेभएका बाहुनडाँगी- ६ बस्ने वर्ष १८ का अशोक ओझाको गए राति विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
झापाको बाहुनडाँगी-६ बाट जन्ती लिएर मोरङको इटहरामा बिहेगरी बेहुली लिएर फर्कनेक्रममा मे.१ख १६११ नं.को बस पल्टिँदा १४ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
घाइते सबैको विभिन्न अस्पताल र स्वास्थ्य केन्द्रहरुमा उपचार भइरहेको छ। तीमध्ये दुई जनाको अवस्था अझै गम्भीर रहेको प्रहरीले जनाएको छ। रासस
                                                                                                                                         स्रोत :नागरिक न्युज 

Posted by Butwalonline on 8:10 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बेहुली लिएर फर्केको बस दुर्घटना हुँदा एकजनाको मृत्यु"

Leave a reply