|

प्रशिक्षक प्रशिक्षण तालिम शुरू

गोपाल प्रसाद वश्याल,पाल्पा, कार्तिक २९-शिक्षकको पेशागत विकास (टिपिडि) सम्बन्धी तालिमका लागि १२ दिने प्रशिक्षक प्रशिक्षण तालिम शैक्षिक तालिम केन्द्र, पाल्पाको आयोजनामा आजदेखि तानसेनमा शुरू भएको छ ।

प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै शैक्षिक जनशक्ति विकास केन्द्र सानोठीमीका प्राविधिक अधिकृत इश्वरी ज्ञवालीले टिपिडि तालिम शिक्षकहरूलाई शिक्षकहरूले नै शिक्षकहरू कै समस्यामा आधारित रहेर सञ्चालन गर्ने भएकाले अनुभव र भोगाइबाट सिक्ने सिकाउने र स्थानीय क्षमताको विकास गर्ने बताउनुभयो । उहााले तालिमको विकेन्द्रीकरण भएको र शिक्षकमा तालिम सरकारी व्यवस्थाका कारण लिनुपर्ने नभै तालिम लिन पाउने शिक्षकको अधिकारका रूपमा तालिमलाई मनै देखि उपयोग गर्ने र कक्षामा पुर्‍याउने गर्न जरुरी भएको बताउनुभयो । आफ्नो कार्य क्षेत्रलाई आफूले शुरूवात गर्दा भन्दा राम्रो बनाउनु नै जीवनको लक्ष्य हुनुपर्ने चर्चा गर्दै विद्यालयको इज्जत डुब्नबाट बचाउनका लागि शिक्षकले तालिम तथा पेशागत विकासका कार्यहरूमा निरन्तर लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सहभागी रोष्टर प्रशिक्षकहरूले तालिम सञ्चालनको अनुभव सुनाउादै शिक्षकहरूबाट आवश्यकताहरू सही रुपमा उल्लेख भै नआउने, तालिमलाई गम्भीरतापूर्वक नलिने गरेको, तालिमका सबै भागहरू पूर्ण रुपले नगरिएका, रोष्टर प्रशिक्षकहरूलाई आवश्यक सहयोगी पाठ्य सामग्री तथा तालिमको अभाव रहेकाले गुणस्तरीय तालिम दिन नसकिएको जस्ता समीक्षात्मक गुनासाहरू राखेका थिए ।

उद्घाटन सत्र शैक्षिक तालिम केन्द्र पाल्पाका कार्यक्रम संयोजक रुद्र प्रसाद रेग्मीको अध्यक्षता, तालिम संयोजक डम्बरध्वज बस्यालको स्वागत र प्रशिक्षक गोपाल प्रसाद वश्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

गुल्मी जिल्लाका सबै स्रोत केन्द्र तथा तम्घास अगुवा स्रोत केन्द्रका रोष्टर प्रशिक्षकहरू, भनभने गुल्मी र रिङनेरह, पाल्पाका स्रोत व्यक्तिहरू समेत गरी २५ जना सहभागी यस प्रशिक्षणमा शैजविकेका प्राविधिक अधिकृत इश्वरी ज्ञवाली, तालिम केन्द्रका कार्यक्रम संयोजक रुद्र प्रसाद रेग्मी, तालिम संयोजक डम्बरध्वज बस्याल, प्रशिक्षकहरू गोपाल प्रसाद वश्याल र नारायण प्रसाद पोखरेलले टिपिडि तालिम सञ्चालन प्रक्रियाका बारेमा अभ्यासमूलक सहजीकरण गरिरहेका छन् ।

Posted by Butwalonline on 6:05 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "प्रशिक्षक प्रशिक्षण तालिम शुरू"

Leave a reply