|

बागेश्वरी असल शासन क्लब…… (बास) को छैटौं पूर्णकालीन बैठक दैलेखमा शुरु

कृष्ण आचार्य,कार्तिक २५ दैलेख-भ्रष्टाचार बिरुद्धको देश ब्यापि अभियानमा क्रियासिल बागेश्वरी असल शासन क्लब…… (बास) को छैटौं पूर्णकालीन बैठक दैलेखमा हुदैछ । बासको निर्धारित कार्यक्रम अनुसार छैठौं पूर्णकालिन बैठकका लागि केन्द्रिय पदाधिकारीहरुको टोली दैलेख बजार आईपुगेको छ । बासको दैलेख शाखाले आज दैलेख आइपुगेको बास केन्द्रिय पदाधिकारीहरुलाई फुलमालाले स्वागत गरेको छ । बासको छैटौ पुर्णकालिन बैठक २६ र २७ गते २ दिन दैलेख सदरमुकाममा चल्ने छ ।

आज बास केन्द्रिय कार्यसमिति दैलेखमा शाखाको स्वागत पश्चात दैलेखको पुरानो बसपार्क देखि दैलेख बजार हुदै काडााचौर सम्म पैदल बजार यात्रा गरेको थियो । सो पैदल यात्राका क्रममा दैलेख बजारमा रहेका असल शासन साग सम्बन्धित व्यक्तिहरु तथा दैलेख बासिहरुले स्वागत गरेका थिए । भोली शनिबार बिहान देखि छैटौं पुर्णकालीन बैठक शुरु हुने र आइतबार सकिने कार्यक्रम रहेको छ ।

आईतबार कार्यसमितिको बैठक सकिएपछि मंगलबार जिल्ला विकास समिति दैलेखको सभाहलमा हुने भ्रष्टाचार विरुद्धको जिल्ला युवा सम्मेलनको लागि सोमबार सम्म केन्द्रिय समिति दैलेखमा रहने छ । दैलेखका सरकारी कार्यालयका प्रमुखहरु, विभिन्न संघ सस्थाहरुका प्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधिहरु, पत्रकारहरु, युवा क्लब तथा युवा सस्थाहरुका प्रतिनिधिहरु तथा सर्बसाधारणहरुको सहभागीतामा बृहत सम्मेलन हुने कार्यक्रम रहेको छ ।




Posted by Butwalonline on 4:32 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बागेश्वरी असल शासन क्लब…… (बास) को छैटौं पूर्णकालीन बैठक दैलेखमा शुरु"

Leave a reply