हिंसा पीडित बालबालिका तथा महिला संरक्षण आश्रय स्थलबाटै बालक बेपत्ता
कृष्ण आचार्य,दैलेख कार्तिक २५ - दैलेखमा एक गैरसरकारी संस्थाले सञ्चालन गरेको हिंसा पीडित बालबालिका तथा महिला संरक्षण आश्रय स्थलबाटै बालक बेपत्ता भएका छन् । प्राप्त जानकारी अनुसार दैलेखको लालीकााडा गाविस निवासी १२ वर्षीय वालक प्रकाश रावत दैलेख सदरमुकामको देवकोटा चौकमा आजाव संस्थाले सञ्चालन गरेको आश्रय स्थलबाट बेपत्ता भएका हुन् ।आवाज संस्थाकै सुर्खेतस्थित आश्रय स्थलमा १५ दिन बढी संरक्षणमा राखेपछि दैलेखमा ती बालकका नातेदारलाई बुझाई दिन दैलेख पठाइएको दोश्रो दिन हिजो एकाएक हराएका आजाव संस्था दैलेखकी टीम लीडर तारा खड्काले बताउनु भयो ।आश्रय स्थल सहयोगी काम विशेषले बजारमा गएको बेला ती बालक आफू बसेको कोठाबाट भागेको र उनको खोजी भइरहेको टीम लीडर खड्काले जानकारी दिनु भयो । तीन वर्ष अघि बुबा आमाको मृत्यू भएपछि दिदी चाहिं आफन्तको साथ लागेर भारत गएपछि प्रकाश रावत सुर्खेतमा होटलमा काम गर्दै पेट पालन गरिरहेका थिए । होटलबाट उद्धार गरी गाउा फर्काउन खोजिएकोमा नजिकको नातेदार कोही नभएको कारण उनले गाउा जान भन्दा काहिंकतै होटलमै काम खोज्न उनी भागेको हुन सक्ने प्रहरी नायव उपरीक्षक दीपक बस्नेतले बताउनु भयो ।
