अग्नि एयरमा बम राखेको 'एसएमएस'अग्नि एयरको सवै उडान ठप्प
काठमाडौं, मंसिर ८ - अग्नि एयरको काठमाडौं-विराटनगर जहाजमा बम राखेको 'एसएमएस' आएपछि सवै उडान अबरुद्ध भएको छ ।
बुकिङ कर्मचारी विष्णु दुलालको मोबाइलमा बम राखेको एसएमएस आएपछि दिउँसो साढे १२ बजे यताका सवै उडान रोकिएको अग्नि एयरले जनाएको छ । बम राखेको भनिएपछि खोजतलास गर्दा अहिलेसम्म भेटिएको छैन ।
प्रहरीले एसएमएस पठाउने नम्बर र व्यक्तिबारे अनुसन्धान सुरु गरेको छ । विमानस्थल प्रहरीका डीआईजी नारायण वास्ताकोटीले त्रास फैलाउन बम राखेको हल्ला चलाए पनि त्यस्तो हुन नसक्ने दाबी गरे ।
स्रोत :कान्तिपुर