|

महिला कार्य शिविर सम्पन्न


पदम गैरे,कार्तिक २९ पाल्पा | शान्ति निर्माण प्रक्रियामा युवा महिलाको सहभागितामा वृद्धि गर्ने उदेश्यले संचालित तिन दिने कार्य शिविर सम्पन्न भएको छ ।

युथ एक्सन नेपाल र बन्दिपोखरा युवा संजालको संयुक्त आयोजनामा बन्दिपोखरा गा.वि.स वाड नं. ४ मा भएको कार्य शिविरमा द्धन्द्ध, शान्ति, द्धन्द्धमा महिलाको भूमिका, शान्तिनिर्माण प्रकुयामा महिलाको सहभागिता, राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा महिलाका लागि वनाइएका निती, नियम,कार्यक्रम, संविधानमा सुरक्षित महिला अधिकार, सम्युक्त राष्ट्रसंघको सुरक्षा परिषद्द्धारा पारित प्रस्ताव न.ं १३२५ र १८२० मा आधारित शान्ति तथा पुर्ननिर्माण मन्त्रालयबाट वनाइएको कार्ययोजना लगायतका विषयमा युथ एक्सन नेपालका केन्द्रिय कोषाध्यक्ष भावना भट्टले सहजिकरण गर्नु भएको थियो ।

नेपाल सरकारको शान्ति निर्माण सम्वन्धि स्थानीय संयन्त्रहरुमा महिलाको सहभागिता अभिवृद्धि गर्ने, स्थानीय शान्ति समितीको काममा स्थानिय स्तरमा सहयोग पु¥याउने र सहकार्यको वातावरण निर्माणका लागि कार्य शिविर संचालन गरिएको युथ एक्सन नेपाल पाल्पाका कार्यक्रम संयोजक कृष्ण कार्की ले वताए ।

कार्य शिविरको समापनमा वोल्दै स्थानिय शान्ति समितिका कार्यालय सचिव प्रेमनाथ ज्ञवालीले स्थानिय स्तरमा शान्ति स्थापनामा महिलाको महत्वपुणर््ा भुमिका रहने भएकाले शान्ति समुह निर्माण गरि विभिन्न कार्यक्रम संचालन गर्नुपर्ने वताए । कार्यक्रममा गा.वि.स. सचिव लक्ष्मण प्रसाद घिमिरे,गा.वि.स महासंघका अध्यक्ष दामोदर घिमिरे,ग्रागी माध्यमिक विद्यालयका प्रध्यानाध्यापक यादव घिमिरे लगाएतले विगतको द्धन्द्धकालमा महिलाहरु वढि प्रभावित भएकाले शान्ति निर्माण प्रक्रियामा उनिहरुको सहभागिता अनिवार्य रहने वताए ।

पाल्पाका सात गा .वि.स.का २५ जना युवा महिलाहरुको सहभागिता रहेको कार्य शिवीर को समापन कार्यक्रम बन्दीपोखरा युवा संजालका अध्यक्ष वसन्त घिमिरको अध्यक्षतामा सम्पन्न थियो ।

Posted by Journalist Mukti on 11:13 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "महिला कार्य शिविर सम्पन्न"

Leave a reply