सिर्जनशील कामका लागि यूवा क्लव गठन
कृष्ण आचार्य,दैलेख, २३ कात्तिक –एआई लग्जेम्वर्ग/टीडीएच पुन जर्मनको सहयोगमा दलित जागरण केन्द्र दैलेखद्वारा स्थानीय बिन्ध्यवासिनी गाविसमा सञ्चालित "महिला, यूवा तथा बाल अधिकार संरक्षण कार्यक्रम" अन्तरगत यूवाहरुलाई समुदायमा सिर्जनशील काममा प्रेरित गर्न यूवा क्लव गठन गरिएको छ ।
बिन्ध्यवासिनी गाविसको मुकाम टाटामाखुमा सो गाविसका यूवाहरुको आज मंगलवार सम्पन्न भेलाबाट ९ वटै वडाका १–१ जना प्रतिनिधित्व हुने गरी ९ सदस्यीय राइली मालिका यूवा क्लव गठन गरिएको छ ।
रेशम बिष्ट अध्यक्ष, धनसरी सिंह उपाध्यक्ष, बीरबहादुर रोकाय सचिव, बमबहादुर नेपाली सहसचिव, दुर्गबहादुर बिष्ट कोषाध्यक्ष रहेका छन् ।
यस्तैगरी क्लवका सदस्यहरुमा हेमन्त थापा, अमरबहादुर बिक, पदमबहादुर सुनार र मिलन शाही रहेका छन् ।
क्लवले आगामी मंसिर ४ गते मनाइने अन्तराष्ट्रिय बाल अधिकार दिवसको समयसंगै पारेर यूवा क्लवले भातृत्व अभिवृद्धिका लागि गाविस स्तरीय भलिवल प्रतियोगिता तयारी गर्न लागेको दलित जागरण केन्द्र दैलेखका महिला, यूवा तथा बाल अधिकार संरक्षण कार्यक्रम संयोजक प्रेम बिशुन्केले बताए ।
