यसै गरि बित्छन प्रवासीका चाड पर्बहरु
घर बाट आमाले फोन गरि ‘’यसपालिको दसैंमा त घर आउछस होलानी छोरा’’ भन्दा भन्दै गह भरि आसुँ भरिएका आमाका आखाबाट आसु भुईमा झर्न नपाउदै यता छोराका आखाँमा आसुको मूल फुट्न नपाउदै भन्न बाध्य छ | यसपाली त येस्तै भयो आमा आर्को साल आउने छु दशैंमा |
बिहान् उठी नुहाई धुवाही गर्यो डिउटी गयो काममा तल्लिन हुन् थाल्यो तेसैगरी नास्ता खाना खायो अन्य काम तर्फ लाग्यो येस्तै गरि गरि अब खाना नास्ता , सुत्ने लगाएत दैनिकी काममा परिणत हुन्छ | बिहान उठी चिया नास्ता काम साझ आयो आफ्नो काम गरि सर सफाये खाना पकाउने खाने सुत्ने येस्तै गरि दिन दिनै समय गएको पत्तो हुदैन अघिल्लो साल झैँ यस पाली पनि चाड पर्ब सुरु भएका हुन्छन् एस पाली त बहिनि भन्छे दादा यस पाली त आउनु है भन्दै हुन्छे उता आमा पनि छोरा को मुख देखन पनि पाईने हो कि ,हैन भन्दै हुनुहुन्छ बाबा भन्नु हुन्छ समय मिलाएर आईज भन्दै फोन गर्नु हुन्छ तर यता भने साहु भन्छन छुट्टि छैन जाने भए छोडेर जा भन्छ जाउ त कसरि जाऊ घर एक छाक खान पनि मुस्किल छ नजाऊ भने चाड पर्बमा कहिल्यै साथमा हुन् नपाईने भयो घर बाट हिड्दा श्रीमती को पेटमा भएको छोरि पनि जन्मिए कि छ देखन पनि पाएको छैन छोरि पनि ठुलै भयेसकेकी छ बाबा बाबा भन्दै तोते बोलीको सारमा आगनको पेटीमा बोलाउदै होलि जस्तो लाग्छ हाम्रो किस्मत नै होला जन्म दिन देखि साथमा रही एउटै थालमा खाना खाएका भाइ बहिनि हरु बाबा आमा मेरै सहरामा आएकी श्रीमती को के हाल होला मायाले कति सताउदो होला आज एस्तो परिस्थिति मैले किन व्यहोर्न परेको होला |
येस्तै खाने सुत्ने समयलाई समेत डिउटी गर्दै आज आमा बुबाका हातबाट टिका अनि जमरा नलगाएको चार साल भयो अन्य समयमा बाध्यता र बिबस्तालाई सम्झी सम्झी प्रवासमा जिबन बिताई राखेता पनि जब चाड बाडको मुख आउछ तेस बेला भने मनलाई बुझाउने नसकिदो रहेछ लाग्छ जागिर , जागिर भन्दा भन्दै येत्तिकै जिबन प्रवासमै बित्ने त हैन मेरो जिबन तर सोच्छु म मात्र होईन आज म जस्ता ३० लाख नेपाली दाजु भाइ दिदीबहिनी हरुले येस्तै मेरो जस्तै पिडा भोगी राखनु भएको परिस्थिति लाइ मनन गरि मनलाई सान्तोना दिएको छु |
जे जस्तो होस् आकाशमा उडेको होस् या फिल्मी टेलिविजनमा देखेको भरमा जहाजमा चडेर विदेश गई पैसा कमाई घर परिवारलाई शुखका साथ राखने योजना बनाएर घर बाट झोला बोकी हिड्ने हामी साहसिला बिर नेपाली प्रति भने पक्कै पनि एक किसिमको साहश एबं धैर्यता भने पक्कै भेटिन्छ |
भुपराज बश्याल(लेखक नेपाली समाचारपत्र पाक्षिक-पत्रिकाका सह-सम्पादक हुनुहुन्छ)
जगत्र देवी गाविस ८ बल्पुक स्याङ्जा
हाल यु ए ई दुबई
Posted by Butwalonline
on 5:52 PM. Filed under
Essay,
Litreture,
साथीको कलम
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response