मगर संघको ८ आौ अधिवेशन
दाङ,कार्तिक ६- नेपाल मगर संघ जिल्ला कार्यसमिति दाङको ८ औा महाधिवेशन आज तुलसीपुरमा सम्पन्न भएको छ ।
अधिवेशनले रुद्र बुढा मगरको अध्यक्षतामा २५ सदस्यीय नयाा जिल्ला कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा, सावित्रा राणा, सचिवमा, डिल्लि बहादर घर्ति, सहसचिवमा, मुक्त बुढा, कोषाध्यक्षमा, खलु पुन चयन हुनुभएको छ ।
यस्तै सदस्यहरुमा देविका घर्ति, धन बहादुर घर्ति, नरेन्द्र पुन, रुपा पुन, भागवता राणा, मोहोन थापा, चेत बहादुर रावत, सुमन पुन, पदम थापा लगायतका रहनुभएको छ ।
कार्यक्रमको उदघाटन समारोहमा बोल्दै नेपाल मगर संघका मध्यपश्चिम उपाध्यक्ष, नन्दलाल घर्तिले आदिवासी जनतातिहरुले राज्यसत्ताको महसुस गर्न नपाउादा सम्म सामाजिक र जातिय मुक्ति नपाइने बताउनुभयो ।
राज्यसत्ता प्राप्तिका लागि राजनितिक अधिकार सुनिश्चित हुनुपर्नै उहााले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका घर्तिले मगरहरु संगठित नहुादा सम्म आफना जातिय अधिकारहरु सुनिश्चित हुन नसक्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाल मगर संघका पुर्व केन्द्रिय सदस्य, एल बि थापाले सयौदेखि मगहरु शोषण दमन र उत्पिडिनमा पारिएकोले हक अधिकारहरुको लागि मगरहरु जुटनुको विकल्प नरहेको बताउनुभयो ।
यस्तै कार्यक्रममा, नेपाल मगर संघकि शान्ति सोमई, आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति दाङका तिल बहादुर पुन, नेपाल मगर विद्यार्थि संघका राप्ति अञ्चल सचिव, अमृत घर्ति, तुलसिपुर उद्योग वाणिज्य संघका सदस्य, सुमन बुढा, लगायतकाले आदिवासि जनजातिहरुको जायज मागलाई अब बन्ने नयाा संविधानमा सुनिश्चित गर्न कसैले आनाकानि गर्न नहुने बताएका थिए ।