रातदिन पढेर गिनिज बुकमा नाम लेखाउने तयारी,८० घण्टाको पढाइ पुरा
दाङ,कार्तिक ६- रातदिन पढेर गिनिज बुकमा नाम लेखाउने तयारीमा जुुटनु भएका दाङको चैलाही—१ लमही निबासी २८ बर्षिय दिनेश आचार्यले ८० घण्टाको पढाइ पुरा गर्नु भएको छ ।
प्युठानमा जन्मीएर दाङमा बसोबास गर्दै आएका आचार्य हाल काठमाण्डौको पाटन बहुमुखी क्यापम्पसमा मानबशास्त्र बिषयमा स्नातकोत्तर अध्ययन गरिरहनुभएको छ ।
आचार्यले आज दिउसो ४ बजेसम्म ८० घण्टाको पढाइ गर्नु भएको छ । अहिले पनि उहाले पढिरहनु भएको छ ।
१ सय ५१ घण्टा पढ्ने लक्ष्य लिएका आचार्यले एक घण्टामा मात्र ५ मिनेट रेष्टको लागी समय पाउनुहुन्छ ।
द रिडर्स क्लबको आयोजना तथा माईल स्ट्रोन कलेजको प्रायोजनमा कलेजकै प्राङगनमा बसेर उहाले हरेक किसिमका किताबहरु पढिरहेको क्लबका सचिब नबिन डाागीले जानकारी दिनुभएको छ ।
यसैगरी यसअघि क्लबकै आयोजनामा २०६४ सालमा नेपालकै दिपक शर्मा बजगाईले पनि १ सय १३ घण्टा १५ मिनेट पढेर गिनिज बुकमा नाम लेखाएर रेकर्ड कायम राख्नु भएको थियो ।