दलित वर्गको उत्थानका लागी शैक्षिक मुद्धा लाई माथि उठाउन आवस्यक
दाङ,कार्तिक ६- जातिय विभेदको अन्त्य गर्न सवै लाग्नु पर्ने आज दाङको घोराहिमा आयोजित एक कार्यक्रममा वोल्ने वक्ताहरुले वताएका छन ।
राष्ट्रिय दलित कर्मचारी समाज नेपाल दाङको प्रथम जिल्ला भेलामा वोल्ने वक्ताहरुले यस्तो वताएका हुन ।
कार्यक्रममा वोल्दै राष्ट्रिय दलित कर्मचारी समाज नेपालका केन्द्रिय सदस्य राजकुमार विश्वकर्माले कर्मचारीहरुका विचमा अहिले पनी जातिय विभेद भएको वताउदै सवै मिली त्यसको अन्त्य गर्नुपर्ने बतानुभएको छ ।
विश्वकर्माले दलित वर्गको उत्थानका लागी शैक्षिक मुद्धा लाई माथि उठाउन आवस्यक रहेको वताउदै उहाले संविधान निर्माणमा दलितका हक अधिकार सुनिश्चित गर्न सवै दलितहरुले राज्यलाई दवाव दिनु पर्ने वताउनु भएको थियो ।
कार्यक्रम राष्ट्रिय दलित कर्मचारी समाज नेपालका केन्द्रिय सदस्य राजकुमार विश्वकर्माको अध्यक्षतामा समपन्न भएको थियो ।
भेलाले जयबहादुर विश्वकर्माको अध्यक्षतामा ११ सदस्यीय नयाा कार्यसमिती चयन गरेको छ ।
जसको उपाध्यक्षमा शम्भु विश्वकर्मा सचिवमा भक्तबहादुर विश्वकर्मा, सहसचिवमा प्रेम नेपाली र कोषाध्यक्षमा खड्गबहादुर नेपाली रहनुभएको छ ।
अन्य सदस्यहरुमा हस्त बहादुर नेपाली, भिम बहादुर नेपाली, जागेश्वर नेपाली, मालता नेपाली र टिका बहादुर बिक लगायतका रहनुभएको छ ।