|

सामाजीक रुपान्तरण नरोकीने

प्दाङ,कार्तिक ६- रेस काउन्सील नेपालका अध्यक्ष नारायणप्रसाद शर्माले सांस्कृतिक विकृति अन्त्यका लागी सामाजीक चेतनाको विकास हुनुपर्ने बताउनुभएको छ ।

महिला पत्रकार मञ्च दाङले आयोजना गरेको चाडवर्प र सांस्कृतिक रुपान्तरणको प्रश्न बिषयक अन्तरक्र्रिया कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले यस्तो बताउनुभएको हो ।

बाहिरबाट आउने पुजीबादले चौतर्फी परिवर्तनमा असर पारेको बताउदै उहााले चाडपर्वलाई समय सापेक्ष परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।

नागरिक समाज दाङका संयोजक टिकाराम रेग्मीले समय चाडपर्व सापेक्ष मनाउने संस्कारको विकासले मात्र सांस्कृतिक रुपान्तरणमा मदत पुग्ने विस्वास व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष केएल पिडीतले चाडपर्व मनाउने नाममा खाद्य संस्कृतिमा मौलाउदो विकृतिलाई रोक्नु पर्ने बताउनुभयो ।

महासंघका सल्लाहकार सुशील गौतमले प्रगतिशील चिन्तनका साथ चाडपर्वलाई अगाडी बढाउनुपर्नेमा बताउनुभयो ।

कार्यक्रममा राप्ती साहित्य परिषद्का अध्यक्ष पुरुषोत्तम खनाल, अजयदीप शर्मा, लक्ष्मी आचार्य, शारदा शर्मा लगायतले बोल्नुभएको थियो ।

मञ्चका अध्यक्ष सुसीला आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण रञ्जीता शर्माले गर्नुभएको थियो ।

Posted by Butwalonline on 9:18 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सामाजीक रुपान्तरण नरोकीने"

Leave a reply