|

मोफसलका मिडियाको समस्याबारे छलफल

दाङ,कार्तिक ६- सूचना विभाग सञ्चार केन्द्र नेपालगञ्जले आज घोराहीमा ‘मोफसलमा मिडियाको समस्या र समाधान’ विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

अन्तक्र्रियाका सहभागीहरुले मोफसलका मिडियाका समस्या राख्दै लोककल्याणकारी विज्ञापनको रकम बढाउनुपर्ने, समानुपातिक विज्ञापन नीति अपनाउनुपर्ने, श्रमजीवी पत्रकार ऐन लागु गर्नुपर्ने, स्थानीय विज्ञापन स्थानीय सञ्चारमाध्यमलाई दिनुपर्ने लगायत सुझाव दिएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि प्रेस काउन्सिल नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले मोफसलका मिडियाहरुमा धेरै समस्याहरु रहेको उल्लेख गर्दै तिनको निराकरणका
लागि राज्यले सम्बोधन गर्नुपर्ने औंल्याउनुभयो ।

उहााले सञ्चारमाध्यमहरु स्वयं आफैले पनि समस्या समाधानका लागि पहलकदमी लिनुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष केएल पीडितको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल वार एशोसियशन दाङका अध्यक्ष दीपकराज रेग्मी, दाङ उद्योग
वाणिज्य संघका वाणिज्य उपाध्यक्ष ओविन्द्र महरा, नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मी, पत्रकारहरु सुशील गौतम, प्रताप रेग्मी,, हेमराज शर्मा, बसुन्धरा
गौतम, खेमराज रिजाल, लोकराज पराजुली, अशोक यादव, सन्तोष सुवेदी लगायतले मोफसलका सञ्चारमाध्यमका समस्या र समाधानका विषयमा आफ्ना भनाईहरु राख्नुभएको थियो ।

सहभागीहरुबाट उठेका जिज्ञासाहरुको जवाफ सूचना केन्द्र नेपालगञ्जका प्रमुख हरिबहादुर खत्रीले दिनुभएको थियो ।

Posted by Butwalonline on 9:17 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मोफसलका मिडियाको समस्याबारे छलफल"

Leave a reply