|

दाङ उद्योग बाणिज्य संघद्धारा दाङ अर्थ बुलेटिनं प्रकाशन सुरु

जिल्लाको आर्थिक विकासका लागि समग्र राप्ती अञ्चलको आर्थीक गतिबिधिलाई समेट्न सुझाब

दाङ,कार्तिक ६- दाङ उद्योग बाणिज्य संघले आर्थीक क्षेत्रको बिकासका गतिबिधिलाई समेटेर ‘दाङ अर्थ बुलेटिनं प्रकाशन सुरु गरेको छ ।

त्रैमासिक रुपमा पत्रकाशित हुने बुलेटिनको आज घोराहीमा एक कार्यक्रमका बिच बिमोचन गरिएको छ ।


नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य धुब्रराज श्रेष्ठ र दाङ उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष तोरणध्वज श्रेष्ठले बुलेटीनको संयुक्त रुपमा विमोचन गर्नुभएको हो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले दाङ जिल्लाको आर्थिक विकासका लागि समग्र राप्ती अञ्चलको आर्थीक गतिबिधिलाई समेट्न सुझाब दिएका थिए ।

राप्ती अञ्चलकै पहिलो व्यवसायीहरुको संस्था उद्योग बाणिज्य संघ भएको भन्दै आर्थीक क्षेत्रलाई गति दिनका लागि बुलेटिन मार्ग दर्शन बन्ने बक्ताहरुको भनाई थियो ।

संघका अध्यक्ष मधुसुदन बैद्यको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष केएल पीडित र जीआइजेडका समाबेशी आर्थीक विकास कार्यक्रम अधिकृत निवेदन बैद्यले निरन्तरताको शुभकामना दिनुभएको थियो ।

बुलेटिनमा आर्थीक बिकासका गतिबिधि, सम्भावना र अहिले सम्मका आर्थीक क्षेत्रमा भए गरेका गतिबिधि समेटिएको छ ।

बुलेटीन प्रकासन उपसिमितिका संयोजक मनोज बुढाथोकीको स्वागत मन्तब्यबाट सुरुभएको कार्यक्रमको सञ्चालन संघका महासचिब हेमराज बञ्जाडेले गर्नुभएको थियो ।

Posted by Butwalonline on 9:15 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दाङ उद्योग बाणिज्य संघद्धारा दाङ अर्थ बुलेटिनं प्रकाशन सुरु"

Leave a reply