|

देउसी भैलो कार्यक्रममा एक सय रुपयाँ भन्दा बढि दान दिन नपाइने

प्रकाश डोटेल
स्याङ्जा–५, कार्तिक ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले नेपालीहरुको महान पर्व दीपावलीको अवसरमा स्थानिय स्तरमा खेलिने देउसी भैलो कार्यक्रममा  देउसीभैलो खेल्न आउने  एक समूहलाई एक सय रुपैयाँ  भन्दा बढि दान नगर्न नागरिकहरुसँग आग्रह गरेको छ ।देउसी भैलोलाई दिने दानबाट परम्परा र संस्कृतिलाई भड्किलो बनाएको बताउँदै स्थानिय प्रशासनले एक सय रुपयाँ भन्दा बढि दान नदिन नागरिकहरुलाई आग्रह गरेको हो ।

परम्परालाई कायम राख्ने नामा पछिल्लो समय समाज भड्किलो भन्दै गएको छ । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी डुल्लुराज बस्नेतले भने, भड्किलो हुन नदिन दान दिने कार्यमा नियन्त्रण गर्न खोजिएको हो । कसैलाई इच्छा भए दान गर्नेले प्रदर्शन नगरि दान दिन रोक लगाइएको छैन् ।

यस वर्षको दीपावलीमा साँझ ९ बजेभन्दा पछाडी देउसी भैलो नखेल्न समेत स्थानिय प्रशासनले नागरिहरुसँग आग्रह गरिएको छ । सुरक्षाका दृष्टिले रातीको समय समबेदनशिल हुन्छ । प्रमुख जिल्ला अधिकारी बस्नेतले भने, रातीको समयमा खेल्दा झै झगडा हुने गरेका छन् ।

जिल्ला स्थित सुरक्षा अधिकारी सहित राजनीतिक दल, नागरिक समाजको सहभागितामा देउसी भैलो खेल्नेलाई एक सय रुपयाँ भन्दा बढि दान दिन नपाईने र राती ९ बजेसम्म मात्र देउसी भैलो कार्यक्रम संचालन गर्ने निर्णय भएको हो । निर्णयको नागरिक समाजका अगुवाहरुले स्वागत गरेका छन् ।

Posted by Butwalonline on 8:17 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "देउसी भैलो कार्यक्रममा एक सय रुपयाँ भन्दा बढि दान दिन नपाइने"

Leave a reply