|

भब्य रुप मा मनायो सुनौलो समाज नेपाल (दुबई )ले दशैँ कार्यकम


भुपराज बस्याल दुबई,आश्विन २३-विजयादशमी को उपलक्षयमा सुनौलो समाज नेपाल (दुबई)ले टिका तथा क्यारमबोर्ड प्रतियोगीता आयोजना गरेको थियो| कार्यक्रममा करिब एक सयको हाराहारी मा नेपाली हरु को उपस्थीति रहेको जानकारी आयोजक समीती का सदश्य श्री सशिधर दाहाल ले दिनुभयो |कार्यकम संचालन श्री नेत्र प्रशाद बरालजी ले गर्नुभएको थियो| कार्यकम संचालन गर्दै वहाले स्थापना कालको छोटो अबधीमा पनि सुनौलो समाज नेपाल ले नेपाली हरुलाई गर्दै आएको सहयोग को खुलेर प्रसंशा गर्नुभयो साथै नेपाली हरु विदेश मा भए पनि आफ्नो धर्म र सस्कृति लाई कहिले पनि भुल्न नहुने भन्दै आज विदेशमा भए पनि नेपालमा जस्तै जमरा राखेर दशैँ मनाउन पाउनु भनेको आफै मा गर्व को बिषय रहेको बताउनु भयो|

कार्यक्रममा बोल्दै सुनौलो समाज का उपाध्यक्ष श्री अर्जुन लामीछानेजी ले हामी नेपाली हरु जहाँ भए पनि आफ्नो कला र सस्कृति कहिले पनि भुल्न नहुने भन्दै सुनौलो समाज नेपालले नेपाली हरु को चाडबाड मा यस्ता किसिमका कार्यकम गर्दै जाने बताउनुभयो |कार्यकम मा बोल्दै सुनौलोसमाज नेपाल का सचिब श्री सरोज अर्यालजी ले सुनौलोसमाज नेपाल स्थापना भएको छोटो समयमा पनि राम्रो आर्थिक संकलन गर्दै नेपाली हरुलाई एकजुट बनाएको र यसबाट सुनौलोसमाज नेपाल मा आवद्द सदश्य हरु ले आफुलाई समस्या परेको बेलामा समुहले कुनै पनि बेलामा सहयोग गर्दैआएको र आगामी दिन मा सहयोग लाई विस्तार गर्दैलगीने बताउनु भयो|

कार्यकममा बोल्दै समाजका कोशाध्यक्ष श्री बालकृष्ण खनालजी ले हामी नेपाली कला र सस्कृति मा विश्वमा नै धनि भएकाले यो हाम्रो पहीचान पनि हो त्यसैले आजका युवा बर्गले कुलतमा फसेर होईन कुनै राम्रो काम गर्दै अगाडी बढ्नु पर्ने बताउनु भयो|कार्यकम को बारेमा थप बोल्दै समाज का सह_सचिब श्री विश्वजीत राईजी ले हामी नेपाली हरु विभिन्न जात जाति भाषा भाषी भए पनि सधै एक भएर बसेका छौ र आज विदेश मा बसेर पनि बडादशैँ मा यतिका धेरै नेपाली हरु भेला भएर सामुहिक टिका कार्यक्रम गर्न पाउनु भनेको आफै मा गर्व को कुरा भएको बताउनु भयो|

कार्यक्रममा बोल्दै समाजका बिशेष सल्लाहाकार श्री तिर्थराज गिरिले आफ्नो एघार वर्ष को युएई बसाईको क्रममा चाडबाड मा सधै नारमाईलो महसुस गर्नेगरेकोमा यसपाली भने आफु नेपाल मा नै भए को महसुस गर्न पाएको बताउनु भयो साथै आगामी दिन मा यस्ता कार्यकम हरु गर्दै लैजान सुनौलो समाज नेपाल लाई सुझाब पनि दिनु भयो|

कार्यक्रम सफल बनाउन सुनौलो समाज नेपाल ले चार सदस्सीय टोलि गठन गरेको थियो| टोलि मा समाजका सदश्य हरु १)श्री सशिधर दाहाल २)श्री सुशील चौहान ३)नरेन्द्र आर्याल ४) पंचु कुमार बोम्जन हुनु हुन्थ्यो| जुन टीम लाई दशैँ कार्यकम र क्यारमबोर्ड पर्तियोगीता को जिम्मेबारी दीईएको थियो|कार्यक्रम सफल बनाउन टोलिले श्री शशीधर दाहाल र सुशील चौहान लाई अलग अलग जिम्मेबारी मा बाडिएको थियो जसमा दशै
टिका र पार्टी को जीम्बेवारी श्री सशीधर दाहाल र क्यारमबोर्ड प्रतियोगिताको जीम्बेवारी श्री सुशील चौहान जी लाई सुम्पेको थियो |विजया दशमी को दीन भएको कार्यक्रम सफल बनाउन घटस्थापना को दिन जमरा राखिएको र टिका को दिन उक्त जमरा र टिका समूह का जेस्ठ सदश्य हरु श्री सशीधर दाहाल र श्री नरेन्द्र आर्याल जी को हात बाट सामुहिक रुपमा टिका कार्यकम तथा सुभकामना आदानप्रदान गरिएको थियो |कार्यकम पछि आयोजित पार्टी मा सहभागी श्री धनन्जय बाबा अधीकारी ले हामी संग को कुराकानी मा “टिका र पार्टी अत्यन्त राम्रो भयो, विदेशमा भएपनि जुन हिसाब ले कार्यक्रम भयो वहा आफु विदेश मा हैन आफ्नो देश नेपालमा नै भए को अनुभूति महसुस भएको बताउनु भयो | निधारमा रातो टिका र जमरा लगाएर आफु भन्दा ठुला को हात बाट टिका थाप्दा साथै भोज मा खसी को मासु र चिउरा साथै बीभिन्न परिकार खादा को समय एउटा यादगार क्षणको रुप मा सधै मानसपटलमा रहिरहने बताउनु भयो|


कार्यक्रममा विजयादशमी को टिका लगाईदिनुहुदै श्री सशिधर दाहाल र नरेन्द्र आर्यालजी ले आजको यस सामुहिक टिका कार्यकम गर्दा को आनन्द र जुन मजा आयो करिब एकसय भन्दा बढी मानिस हरु लाई टिका लगाईदिदा कता कता आफु नेपाली हुनु मा गर्वको अनुभव भएको बताउनुभयो|साथै विजया दशमी को दिन क्यारमबोर्ड प्रतीयोगीताको फाईनल खेल भएको थियो|चौबिस जना सहभागी उक्त प्रतीयोगीतामा प्रथम स्थान श्री सरोज अर्याल दोस्रो स्थान श्री सुशील चौहान त्तेस्रो स्थान श्री पन्चुकुमार बोम्जन तथा सान्त्वना स्थान श्री अजय शाहले प्राप्त गर्नु भएको थियो|विजयी हरु लाई समूह का अध्यक्ष श्री देवेन्द्र नेपाल तथा कोषध्यक्ष श्री बालकृष्ण खनाल बाट पुरस्कार तथा प्रमाण पत्र वितरण गरिएको थियो| कार्यक्रम को अन्त्यमा आफ्नो मन्तब्य राक्नुहुदै सुनौलो समाज नेपाल का अध्यक्ष तथा कार्यक्रमका सभापति श्री देवेन्द्र नेपालले हामी नेपाली हरू जहाँ रहेपनि जस्तो अबस्थामा रहेपनि आफ्नो रितिरिवाज र परम्परा लाई निरन्तरता दिनु नै आफ्नो चिनारी हो साथै राष्ट्र को गहना भन्नु नै हाम्रो मौलिक सस्कृति र परम्परा हो भन्दै सम्पूर्ण नेपाली हरु मा विजय दशमी को हार्दिक मंगलमय सुभकामना ब्यक्त गर्नुभयो थप वहाले कार्यकम सफल बनाउन आफ्नो तर्फ बाट सहयोग पुरयाउनु हुने सम्पूर्ण महानुभाब हरु मा धन्यबाद ज्ञापन गर्नु भयो|

उक्त अवसर मा सहभागी सम्पूर्ण नेपाली हरु ले आफ्नो विदेश बसाईको लामो आवधि मा सम्भवत पहिलो पटक यस्तो सामुहिक टिका ग्रहण तथा सुभकामना आदानप्रदान कार्यक्रम मा सहभागी भएको र उक्त अवसर मा प्राप्त आफ्नोपन र कार्यक्रम को भव्यता ले आफु हरु लाइ नेपाल मै भएको अनुभब प्राप्त भएको धारणा ब्यक्त गर्नु भयो|

Posted by Butwalonline on 7:42 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "भब्य रुप मा मनायो सुनौलो समाज नेपाल (दुबई )ले दशैँ कार्यकम"

Leave a reply