|

पत्रकार माथि दुव्यर्वहार

उदयपुर,आश्विन २३ -समचार संकलन गर्ने क्रममा उदयपुरको यूके एफ.एम.कटारीका दुई पत्रकार माथि दुव्यवहार भएको छ । आज विहान ८ बजे रिपोटिङ् गर्न निस्किएका पत्रकार जिवनाथ दाहाल र विदूर कटुवाललाई स्थानीय यातायात व्यवासायी सत्रुधन कार्कीले दुव्यवहार गरेको हो । काठमाण्डौ बस काउण्टरमा कार्कीले पत्रकारद्धयलाई सार्वजनिक स्थलमा अपशब्द बोल्नुका साथै रेकर्डर खोसेर केही बेरपछि फिर्ता गराएको पत्रकार विदुर कटुवालले जानकारी दिएका छन् । कटारीबाट घुर्मी चल्ने बसले छतमा यात्रुलाई राखेर जोखिमपूर्ण यात्रा गराउादै आएकोमा असोज २१ गते यूके सन्दर्भ र गाउाघरको खबरमा प्रसारण गरेपछि हिजो सिमिति यात्रु राखेर गाडी संञ्चालनमा ल्याएको थियो । तर व्यवसायी सत्रुधन कार्कीले यात्रुलाई हाल्न नपाएको रिसीविका कारण दुव्यवहार गरेको पत्रकारद्धयको भनाई छ । यसैबीच पत्रकारद्धयमाथि भएको दुव्यवहारको घोर भत्र्सना गर्दै युके एफ.एमले आज साझ विज्ञप्ती निकालेको छ । कटारीमा पत्रकारीता गर्नेलाई सिध्याउाछु भन्ने अभिव्यती सुचनाको हकबाट जनतालाई बञ्चित गराउाने सुनियोजित षड्यन्त्र भएकोले तत्काल कारर्वाहीका लागी नेपाल पत्रकार महासंघ काठमाण्डौं, नेपाल पत्रकार महासंघ शाखा उदयपुर, जिल्ला प्रशासन कार्यालय उदयपुर, ईलाका प्रहरी कार्यालय कटारी,एकिकृत नेकपा माओवादी,नेपाली कांग्रेस र नेकपा एमाले कटारी समक्ष माग गर्दे विज्ञप्ती निकालिएको छ ।

Posted by Butwalonline on 7:16 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पत्रकार माथि दुव्यर्वहार"

Leave a reply